जडीबुटी खेती व्यावसायिक हुन सकेन
Wednesday, 12 October 2011 Posted by कृष्णपक्ष थापा

नारायण सापकोटा, चितवन, असोज २५,

जडिबुटी खेतीबाट राम्रो आम्दानी लिने सोचका साथ जडिबुटीको खेतीमा जुटेका कृषक अहिले चिन्तित भएका छन् । जडीबुटी खेती पूर्ण व्यावसायिक हुन नसकेकोमा उनीहरुले चिन्ता प्रकट गरेका हुन् । चितवनका विभिन्न भागमा २ सय भन्दा बढी कृषक जडीबुटी खेतीमा जुटेका छन् ।चितवनका कृषकहरुले हर्रो बर्रो अमला तुलसी कुरिलो घिउकुमारी लेमन ग्रास सिटोनेला यामोरोज मेन्था कमोमाईल तेजपात नीमलगायतका जडीबुटीको उत्पादन हुने गरेको जडीबुटी ण्तथा गैरकाष्ठ वन पैदावार प्रवद्र्धन साजाल चितवनका अध्यक्ष गुणराज पाठकले बताउनुभयो ।

पूर्वी चितवनको पिप्ले माडीको अध्योध्यापुरी कल्याणपुर पश्चिम चितवनको मेघौली गुन्जनगर दिव्यनगरमा कृषकले जडीबुटी खेती गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सरकारको उदासीनता र स्थानीय निकायको बेवास्ताका कारण जडीबुटी खेतीको विकास हुन नसकेको सम्बद्ध व्यक्तिहरुले बताउँदै आएका छन् । वन तथा विभिन्न सङ्घसंस्थाबीच समन्वय नहुँदा लाखौँ मूल्य पर्ने जडीबुटी पहिचानको अभावमा वन क्षेत्रमै खेर गईरहेको सामुदायिक वनका प्रतिनिधि लेखप्रसाद खरेलले गुनासो गरे ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates