अनेसास इजरायल च्याप्टरद्वारा पुस्तक विमोचन सम्बन्धी अत्यन्त जरूरी सूचना
Wednesday, 12 October 2011 Posted by कृष्णपक्ष थापा

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, इजरायल च्याप्टरको प्रकाशानार्थ कृति "इजरायली भूमिमा नेपाली कलमहरू" ले इजरायली भूमि चुमिसकेको अवसरमा यहि अक्टोबर २२, २०११, शनिवार इजरायल तेलअभिवको लेवेन्स्की पार्कमा उत्साहपूर्वक विमोचन कार्य सम्पन्न हुन गईरहेकाले इजरायलमा कार्यरत विभिन्न पेशा तथा व्यवसायमा सम्लग्न सम्पूर्ण साहित्यप्रेमी नेपाली मनहरूमा यो सूचना प्रसारित गरिएको छ । उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थिति हार्दिक अनुरोध समेत गरिन्छ । साथै सोहि अवसरमा केहि समय अगाडि इजरायलको कार्यलाई त्यागेर नेपाल हुदै अन्य देशमा जानुभएकि नेपाली साहित्य अनुरागी मनु लोहोरूङ्को कवितासङ्ग्रह “लुङ्मारी मिथक” को समेत विमोचन गरिने सूचना यहाँहरू समक्ष सहर्ष जानकारी गराइन्छ ।

मितिः २०११ अक्टोबर २२, शनिवार
समयः दिनको ठीक ४ बजे
स्थानः लेवेन्स्की पार्क, तेल अभिव, इजरायल
आयोजक
अनेसास इजरायल च्याप्टर
सचिव
हरि मानन्धर "विवश"
अनेसास इजरायल च्याप्टर




कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates