पूर्वाञ्चलका उद्योगी व्यवसायीले विपाको स्वागत गर्दै विद्युत समस्या उठाए
Sunday, 30 October 2011 Posted by कृष्णपक्ष थापा

कार्तिक १३ विराटनगर।

प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा विद्युत संकट समाधानको पहल नगरेकाले पूर्वाञ्चलवासीले विद्युतको मार अझ खेप्नु पर्ने गुनासो पूर्वका उद्योगी व्यवसायीहरुले गरेका छन् । पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी ब्यवसायीले प्रधानमन्त्रीले भारतबाट थप विजुली ल्याउने सहमति नगरेकाले पूर्वका जनताले विद्युतको मार सहनु पर्ने अवस्था रहेको बताए ।

उद्योग वाणिज्य संघका पूर्वाञ्चल अध्यक्ष किशोर प्रधानले प्रधानमन्त्रीले गरेको विपा सम्झौता स्वागतयोग्य भएपनि विद्युतको समस्या समाधान हुन नसकेको बताउनु भयो । विपा सम्झौताका कारण भारतीय लगानी भित्रिंदा हरेक क्षेत्र लाभदायक भएको बताउदै अध्यक्ष प्रधानले भारतीय लगानीमा संचालित उद्योगहरुलाई नेपाल सरकारले संरक्षण दिन नसकेको बताउनु भयो । भारतीय लगानीको संरक्षण गर्न औद्योगिक नीति तथा श्रम नीतिमा परिवर्तन गरि उद्योगको संरक्षण गर्ने कानुन बनाउनु पर्ने संघको सुझाव छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates