ठूलो परिमाणमा अत्याधुनिक हतियार बरामद भयो
Wednesday, 16 November 2011 Posted by कृष्णपक्ष थापा

१ मंसिर, वीरगञ्ज । प्रहरीले पर्साको सिर्सिया खल्वाटोला गाविस-४ बाट बिहीबार बिहान ठूलो परिमाणमा अत्याधुनिक हातहतियार बरामद गरेको छ ।

पर्सा प्रहरीले स्थानीय जयमंगल कुर्मीको घरबाट २ थान एसएमजी, त्यसको ४ थान म्याग्जिन, १ थान कटुवा पेस्तोल, सोको ६ राउण्ड गोली, एक थान एयरगन र दुईवटा मोटरसाइकल बरामद गरेको हो । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षकद्वय दिवेश लोहनी र रवीन्द्र केसीको नेतृत्वमा खटिएको टोलीले बिहान ११ बजे कुर्मीको घरमा छापा मारेर हतियार बरामद गरेको हो । प्रहरीले कुर्मीको घरबाटै एक युवकलाई नियन्त्रणमा लिए पनि उनको परिचय खुलाइएको छैन ।

हतियार भेटिएको घरका मूली जयमंगल कुर्मी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रवीन्द्र केसीले जानकारी दिनुभयो । घटनाबारे आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates