सिन्धु यु.यस.ए वेल्फेयर सोसाइटीको आयोजनामा सामुदायिक सरसफाई कार्यक्रम सम्पन्न I
Wednesday, 16 November 2011 Posted by कृष्णपक्ष थापा

बंशलाल तामाङ, अमेरिका - सिन्धु यु यस ए वेल्फेयर सोसाइटीको आयोजनामा सामुदायिक सरसफाई कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । "आफनो समुदाय सफा राखौ" भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममको उदघाटन न्यु योर्क सिटी काउनसिल सदस्य श्री डनिएल ड्रोम्मले कुचो समातेर सडक सफा गर्दै सुरु गर्नु भयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै काउनसिल सद्स्य श्री डनिएलले आफ्नो पुर्खा पनि कुनै जमानामा आर्ल्यान्डबाट बसाइ सर्दै अमेरिका आइपुगेको र एस मुलुकको बिकासमा आप्रबासीहरुको ठुलो योगदान रहेको कुरा बताउनु हुँदै न्युयोर्कमा नेपाली आप्रबासीहरुको संख्या ठुलो हुँदै गएको र सिन्धु-यु एस ए वेल्फेर सोसाइटीले सामुदाइक सर्सफाइ कार्यक्रमको आयोजना गरेर बाताबरणीय सरसफाईप्रति देखाएको चासोको प्रशंसा गर्दै आयोजकलाई धन्यबाद् दिदै आगामी दिनहरुमा यस्ता उदाहरणीय अनुकरणीय कार्यमा सहयोग रहने ब्यहोरा उल्लेख गर्नु भयो ।

यस सिन्धु समाजका अधक्ष श्री बंशलाल तामाङ्ले उपस्थित जन समुदायलाई स्वागत गर्दै अमेरिकामा
नेपालीहरुको उल्लेखेयी संख्या रहेको र हामी अप्रबासी नेपालीहरुले पनि यस मुलुकलाई आर्थिक्, सामाजिक क्षेत्रमा महत्वपुर्न भुमीका निर्बाह गर्न सक्दछ भन्ने तथ्य एस Community cleaning कार्यक्रम उदाहारण रहेको कुरा बताउनु भयो । कार्यक्रममा सिन्धु समाजका सदस्य श्री निमा शेर्पाले
काउन्सिल मेम्बरलाई नेपाली ढाका टोपी लगाइ दिनु भयो भने कार्यक्रममा समाजका बिभिन्न अगुवा ब्यक्तित्वहरु जस्तै जनजाती महिला महासंघका अधक्ष सङगीनी राना मगर,अधिकारका प्रिती योन्जन,युवा नेता आनन्द बिस्ट, केशब राई, डा तारा निरौला, सिन्धु समाजका सल्ल्हाकार रतन लामा र सुबाश लामाले आ आफ्नो मन्तब्य दिनु भएको थियो ।

स्थानीय थकाली रेसटुरेन्टबाट शुरु भएको उक्त सर्सफाई कार्यक्रममा ७३ स्ट्रिट हुँदै ७६ स्ट्रिट र ३७ अभेन्यु
हुँदै रूज्बेल्ट अभेन्यु सम्म सडकको दुबइ किनारामा सरसफाइ गरियको थियो । शिशिर थोकरको नेत्रित्वमा बिभिन्न स्कुल बाट आयका स्वयम्सेबक भाई बहीनीहरुलाई समाजका अगुवा तथा सिन्धु समाजका सदस्यहरु श्री गोम्बे लामा, श्रीमती जेठी तामाङ्, भयो शेर्पा, ल्हासाङ्बु शेर्पा, साङ्र्बु शेर्पा, साङ दोर्जे शेर्पा ,तिलक श्रेस्ठ, सुदर्शन गुनी, समाज सेवी ईन्द्र बहादुर तामाङ्, बुद्धिजीबी तारा निरौला आदिले प्रशंशा पत्र प्रदान गरेको थियो । न्यु योर्क स्थित बिभिन्न संघ,सस्थाका अगुवा तथा प्रतिनिधिहरु, विद्यार्थी स्वयम्सेबकहरुले खचा खच भरीयको उक्त कार्यक्रमको सञ्चालन महासचिब छिरिङ तेन्जिङ शेर्पाले गर्नु भएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates