२ दिनभित्र बर्गिकरणको कार्यतालिका तयार पार्न निर्देशन
१६ कात्तिक, काठमाडौं । सेना समायोजन विशेष समितिले २ दिनभित्र लडाकू बर्गिकरणको कार्यतालिका तयार पार्न सचिवालयलाई निर्देशन दिएको छ । विशेष समितिको बुधबार बसेको बैठकले कार्यतालिका तयार पार्न सचिवालयलाई निर्देशन दिएको हो ।
विशेष विशेष समितिको बैठकले दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । दलहरुबीच मंसिर ७ गतेभित्र सम्पन्न गर्ने गरी एकसाताभित्र लडाकू बर्गिकरण प्रक्रिया थाल्ने, ६ हजार ५ सय लडाकू समायोजन गर्ने, ५ देखि ८ लाखसम्म पुनःस्थापना प्याकेज दिने लगायतको सातबुँदे भएको थियो ।
विशेष समितिको अर्को बैठक शुक्रबार बस्नेछ ।




