एनसिसि एजुकेसनबाट सफ्टवेरिकाका विद्यार्थीलाई पुरस्कार
Monday, 5 December 2011 Posted by कृष्णपक्ष थापा

आइटी र ई -कर्मसको अध्यापन गराइरहेको सफ्टवेरिका कलेजका दुई नेपाली विद्यार्थीले बेलायतको एनसिसि एजुकेसनबाट पुरस्कार पाएका छन्।




पुरस्कार पाउने विद्यार्थीहरुमा केशव खड्का र रोशन चौधरी रहेको कलेजले जनाएको छ। केशवले इन्टरनेशनल फाउन्डेसन इयर विषयमा विश्वकै उत्कृष्ट अंक ल्याएको र रोशनले इन्टरनेशनल डिप्लोमा इन कम्प्युटर स्टिडिजमा उत्कृष्ट क्षेत्रिय अंक पाएको कलेजले जनाएको छ। यसका साथै कलेजबाट अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट अंकको आधारमा पुरस्कार पाएको कलेजको प्रेस विज्ञप्तीमा उल्लेख छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates