काठमाडौं युनिभर्सिटी धुलिखेलमा यही मंसिर १८ र १९ गते आईटी सिटी मेला २०११ हुने भएको छ। नेपाली विद्यार्थीहरुमा भएको सीप, जाँगर र सिर्जनालाई सदूपयोग गर्न उनीहरुको दक्षतालाई हौसला प्रदान गर्ने उद्देश्यले आईटी सिटी मेला हुन लागेको हो।
शुक्रबार रिपोटर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले इन्जिनियरिङका विद्यार्थीहरुलाई लक्षित गरी गर्न लागिएको आईटी मेलामा स्वदेश मै रहेको सूचना प्रविधिको प्रयोग र विकासलाई द्रतगति दिने उद्देश्य रहेको जानकारी दिनुभयो।
मेलामा सफ्टवेयर प्रतिष्पर्धा गरिने र प्रतिष्पर्धामा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार त्यस्तै गरी हार्डवयर प्रतिष्पर्धीहरुलाई क्रमशः १०, ७ र ५ हजार पुरस्कारको व्यवस्था गरिने बताइएको छ।
मेलामा सूचना प्रविधि सम्बन्धि क्वीज, थ्रिडी सो, साईवर खेल, गुगलिङ, योमरी, इन्सोन्मिया र व्यवसायमूलक अन्तक्र्रियात्मक कार्यक्रमहरु समावेश गरिने र मेला स्थल धुलिखेलसम्ष्म जानको लागि निःशुल्क बसको व्यवस्था गरिएको काठमाडौं युनिभरसिटी कम्युटर क्लवका अध्यक्ष सन्तोष केसीले जानकारी गराउनुभयो।




