बाल्टिमोरमा दशै–तिहार साँझ
बाल्टिमोर (अमेरिका), आश्विन २४ ,
रात छिप्पिदैछ । तर, बाल्टिमोरस्थित पशुपतिमन्दिरका पण्डित श्रीधर ज्ञवालीको व्यस्तता बढ्दो छ । सारी चोलोमा सजिएकामहिला र ढाका टोपी ढल्काएर दशैंको रमझममा भुल्नआएका नेपालीहरु उनको हातबाट टिका र जमरा लगाउँदै अघि बढिरहेका छन् ।बाल्टिमोर एसोसिएसन अफ नेप्लिजइन अमेरिका (बाना) ले विजयादशमी र दिपावलीको अवसरपारेर आइतबार आयोजना गरेको कार्यक्रममाकोही नेपालगित, नाचगानमाझुमिरहेका छन् । अर्कातिर भटमास चिउरा देखि दालभातको लाईन बाक्लिंदै छ ।
एक आपसमा नेपालीहरुवीच भेटघचटको अवसर र चाडबाड मनाउने मेलो पनि हुने गरी कार्यक्रम आयोजना गरिएको बानाका अध्यक्ष विजय श्रेष्ठले बताए । चङ्गा, लट्टाईले सजिएको स्टेजमा साँझ ८ बजे शुरु भएको कार्यक्रम मध्यरातसम्म चलेको थियो । नेपालबाट टाढा भएपनि चाडबाड र संस्कृतिप्रतिको मोह घट्दैन भन्ने कुरा यो कार्यक्रम र त्यसमा देखिएको उपस्थितिले फेरी एकपल्ट प्रमाणित गरेको खेम भट्टचनले बताए । ‘त्यसमाथि टिका जमराले अझ सुनमा सुगन्ध थप्यो’ झण्डै ६० माइलयात्रा गरेर वासिंङटन डिसीबाट कार्यक्रममा आई पुगेका उनले भने ।
प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्मा, बरिष्ठ लोक गायक एवं अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, वानाका उपाध्यक्ष ओमबहादुर तुलचनलगायतले आगन्तुकहरुलाई स्वागत गरेका थिए । स्थानीय समुदाय र नेपाल पनि योगदान गर्ने झण्डै एक दर्जन व्यक्तित्वहरुलाई प्रमाणपत्रद्धारा सम्मानित गरिएको उक्त कार्यक्रम वानाका महासचिव प्रभु थापाले सञ्चालन गरेकाथिए ।