एनआरएनका तीन पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा
Tuesday, 11 October 2011 Posted by साहित्य संसार

काठमाण्डौ । गैर आवासीय नेपाली संघको बुधवारबाट सुरु हुने पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वकालागी हुने निर्वाचनमा गुटबन्दी हावि भएको भन्दै तीन जना प्रतिनिधिले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मध्यपूर्व संयोजक चन्द्रप्रकास सापकोटाले उपाध्यक्ष पदमा, मध्यपूर्वमै रहेका सुरेश बस्यालले महासचिवमा र लेक सुवेदीले मध्यपूर्व सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मलेनमा सापकोटाले मातृभूमि नेपालको सेवा गर्ने उद्देश्यले स्थापना भएको विशुद्ध सामाजिक संस्थाको रुपमा रहेको गैर आवासीय नेपाली संघको नेतृत्व हत्याउन विभिन्न समूहले राजनीतिक आस्थाका कारण राजनीति भित्राएको भन्दै त्यसको विरुद्ध आफुहरुले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको दावी गर्नु भयो ।

उहाँले सबै गैर आवासीय नेपालीहरुको साझा थलोको रुपमा एनआरएनलाई विकास गर्न र छरिएर रहेका आफ्ना पुजी संकलन गरी नेपालको विकास थप मद्दत गर्न आफूले उमेदवारी दिएको बताउनु भयो ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates