रामेछापका स्थानिय रुटमा चल्ने बसहरुमा जथाभावी भाडादर कायम
रामेछाप, २७ असोज, हजुरको रेडियो,
विहिवार जिल्ला प्रशासन कार्यलय रामेछापले मन्थलीबाट देउराली र देउरालीबाट सेलेघाट सम्म चल्ने २ वटा बसहरुलाई निर्धारित भन्दा वढि भाडा असुली गरेको भन्दै कारवाहि गरेको घटना सेलाउन नपाउदै आज सेलेघाटबाट मन्थलीका लागि छुटेको बा २ ख.३०८७ नम्बरको वसले सर्वसाधारण सँग मनपरी भाडा असुलेको छ । सेलेघाटबाट मन्थली आउदै गरेका मन्थली ६ का हरिशरण सुवेदीका अनुसार उत्त बसका कन्डक्टरले शुक्रवार वेनिघाट देखि मन्थलीसम्मको भाडा ४० रुपैया लिनु पर्नेमा यात्रुहरुले ४० मात्र तिर्ने भन्दा भन्दै पनि जवरजस्ती रुपमा प्रतिव्यक्ति ५० रुपैयाँ लिएका छन् ।
त्यस्तै उत्त बसले विहिवारै बसमा यात्रा गर्ने विद्यार्थी यात्रु र अपाङ्ग परिचय पत्र भएका म जस्ता सर्वसाधारण लाई दशै र तिहारको विचमा छुट दिन मिल्दैन भन्दै हप्की दप्की समेत गरेको वताए ।उनले सदरमुकाम आउना साथ गाडी स्टाफले गरेको दुव्र्यवहारका वारेमा निमित्त प्रमुख जिल्ला अधिकारी माधब अधिकारी समक्ष गुनासो गर्दा अधिकारीले यसबारेमा तत्काल ट्राफिक प्रहरीसँग जानकारी लिएर प्रक्रिया अगाडी बढाउने जानकारी दिएको वताए ।
विहिवार देउरालीबाट मन्थली आउदै गरेको अरनिको यातायात सेवा समितिको एउटा बसले बसमा यात्रा गर्र्ने २५ जना यात्रीलाई प्रतिव्यक्ति ७० रुपैयाँ लिनु पर्नेमा ९५ रुपैयाँ लिएको मोखिक उजुरी जिल्ला प्रशासन कार्यालयमा परेपछी प्रशासनले २५ जनाकै भाडा फिर्ता गर्न लगाएको थियो