गैरआवसिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जिबा लामिछाने
काठमाडौ , आश्विन २७
गैरआवसिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जिबा लामिछाने निर्बीरोध निर्वाचीत हुनु भएको छ । लामिछानेका प्रतिद्धन्दी भनिएका निबर्तमान अध्यक्ष देबमान हिराचनले आफ्नो उम्मेद्धारी फिर्ता लिए पछि लामिछाने निर्विरोध अध्यक्ष हुनु भएको हो ।यसअघि ६ पदमा एक एक जनाको मात्रै उम्मेदवारी रहेकाले उनिहरु निर्विरोध निर्वाचित भएका छन् भने अब निर्बिरोध चयन भएको पदको संख्या ७ पुगेको छ ।अरु वाकी पदमा निर्वाचन हुने भएको छ । अब एनआरएनको ६ ओटा क्षेत्रका लागी र महिला समितिका लागी संयोजक र सहसंयोजक मध्ये निर्विरोध निर्वाचित भएका ६ ओटा र अध्यक्ष्ाँ वाहेक अरु पदहरुमा निर्वाचन हुन लागेको हो ।यसअघि हिजो अध्यक्ष पदका दुई उमेदवारहरुका विचमा विवाद भएपछि सम्मेलनस्थलमा केहि समय तनाव सिर्जना भएको थियो ।
सहमतिमा नयाँ नेतृत्व चयन गराउने आफ्नो प्रयास असफल भएपछि एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले निर्वाचन कार्यमा सहभागी नहुने घोषणा गर्नु भएको थियो । उहाँसहित मध्यमार्गी समुहले पनि मतदानमा भाग नलिने जनाएका थिए । सम्मेलनमा नेपालमा लगानी बढाउने लगाएतका नेपाल र नेपालीको हितमा काम गर्नका लागी योजना बनाउने तथा छलफल गर्ने भन्दा पनि निर्वाचनकै विषयले बढी महत्व पाएपछि एनआरएनबाट धेरै अपेक्षा गर्नेहरुलाई निराश वनेका छन् ।

![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhhtkLZfixP2gZez4TY3t15aN0JrmKLtOxHIYccauaqfXFpBHwM4-eJUs4kSRYSt4S2xc1shaq5tFPfLNcSiknW2k5eXQr6RPtC_pCY6zQN11ju1SaDwS6VTpDAHI7RKmFYku0pmLoDeeE/s200/image.php.jpg)