निर्देशक दिपक रायमाझीको निधन
Tuesday, 18 October 2011 Posted by साहित्य संसार

काठमाण्डौ, कार्त्तिक २,

निर्देशक दीपक रायमाझीको निधन भएको छ । २३ बर्षअघि चलचित्र 'भाग्य रेखा' पहिलो पटक निर्देशन गरे यता हालसम्म सक्रिय रहेका रायमाझीको गए राति साढे १२ बजे हृदयघातका कारण मृत्यु भएको परिवार श्रोतले जनाएको छ । ह्दयघातले च्यापेपछी उनलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो तर अस्पताल लगेको केही क्षणमै उनको निधन भएको बताईएको छ । सन् १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका रायमाझी माया पिरतीको चलचित्र बनाउन बढी रुचाउने निर्देशक हुन । उनले 'युग देखि युग सम्म' कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ लगायतका दुई दर्जन बढी सिनेमा निर्देशन गरेका छन् । यस्तै उनीद्धारा निर्देशित तीन चलचित्र 'डेष्टीनेशन काठमाण्डू ', 'लभस्टोरी २०६६' र 'चाडै आऊ है' तयारिमा छ ।


हमानायक राजेश हमाललाई यिनै निर्देशकले चलचित्र 'युग देखि युगसम्म' बाट रजतपटमा टेकाएका हुन् । राजेश दिपकका भान्जा हुन् । रायमाझीको दुई छोरी र एक श्रीमती छन् । एक छोरी अमेरिककामै छिन भने अर्की नेपालमै छिन् । कान्छी छोरीको पनि आउदो मंसिरमा अमेरिका बस्ने राणा परिवारको युवकसंग विवाह कुरा फिक्स भएका थियो ।

मंगलबार बेलुकीसम्म स्वस्थ्य रहेका रायमाझीको आकस्मिक निधनले सम्पूर्ण चलचित्र उधोग अहिले शोकमग्न अवस्थामा छ । रायमाझीले अत्याधिक मात्रामा रक्सी सेवन गर्ने हुनाले उनको स्वास्थ्य अवस्था बिग्रदै गएको र निधनको प्रमुख कारण पनि रक्सीनै भएको चलचित्रकर्मीको भनाई छ । उनको पिता एवं पूर्वमन्त्री केशरजंग रायमाझीको पनि बृद्ध उमेरका कारण स्वास्थ्य स्थिती नाजुक छ ।
रायमाझीको शव अहिले पशुपति आर्यघाट पुर्याईएको छ । पशुपति आर्यघाटमा चलचित्रको उपस्थिति बाक्लिन थालेको छ । यस दुखद घडीमा सोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्दै दिवँगत आत्माको चिर शान्तिको कामना सहित फिल्मीखबर डटकम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।फिल्मीखबर

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates