पोखरामा प्रचण्डको भेला, बैद्यपक्षद्धारा बहिस्कार
Wednesday, 19 October 2011 Posted by साहित्य संसार

गोकुल बानियाँ, पोखरा कार्तिक २,

एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पोखरामा आफु पक्षिय नेता तथा कार्यकर्ताको भेला गरी काठमाण्डू फर्किनुभएको छ । जिल्ला स्तरिय खेलकुद महोत्सबको उद्घाटनको अबसरमा हिजो पोखरा आउनुभएका प्रचण्डले पार्टी निर्णय बिपरित गुटगत भेला र प्रशिक्षण गरेको भन्दै बैद्य पक्षिय कार्यकर्ताले बहिस्कार गरेका छन् ।

प्रचण्डले हिजो साँझ पोखराको पृथ्बीचोकमा रहेको वाईसिएल क्याम्पमा तमुमान राज्य समितिका ८ जिल्लाका आफु पक्षिय राज्य समिति सदस्यहरुसंग गोप्य छलफल गर्नुभएको थियो । बैद्य पक्षिय कार्यकर्ताको बाहुल्यता रहेको क्याम्पमा प्रचण्डले भेला राखेपछि बैद्य पक्षिय सबै कार्यकर्ता भने बाहिरै बसेका थिए । स्रोतका अनुसार भेलामा प्रचण्डले धोविघाट भेलाको बदला लिन आफुले उपाध्यक्ष बैद्यको बिरोधका बिच चार बुँदे सहमति गरेको बताउनुभएको थियो । क्याम्पमा अध्यक्ष प्रचण्ड पक्षले करिब ४ महिनादेखि आर्थिक नाकाबन्दी लगाएको थियो ।

त्यस्तै आज बिहान पनि आफु पक्षिय जिल्ला सदस्यहरुसंग छलफल भएको बताईएको छ । पार्टीभित्र देखिएको बिबाद अन्त्यको लागि कार्तिक १७ गते केन्द्रिय समितिको बैठक बोलाउने र त्यसअघि दुबै पक्षले गुटगत भेला प्रशिक्षण गर्न नपाउने सहमति भएपछि असोजको २९ गते संस्थापन पक्षको र उपाध्यक्ष बैद्य पक्षले २८ गतेको राष्ट्रिय प्रशिक्षण भेला स्थगित भएको थियो । पार्टी अध्यक्षनै सहमतिको बिपरित गएको बैद्य पक्षिय कार्यकर्ताहरुले आरोप लगाएका छन् भने प्रचण्डले पार्टी अध्यक्षको हैसियतले सबै नेता कार्यकर्तासंग भेटघाट र छलफल गर्ने आफ्नो अधिकार भएको दावी गर्नुभएको छ ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates