राष्ट्रपति यादव र कतारका अमिरबीच भेटवार्ता
Tuesday, 11 October 2011 Posted by साहित्य संसार

२४ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र कतारका अमिर शेख हमाद बीन खालिफा अलथानीबीच भेटवार्ता भएको छ । दोहोको कर्सिसस्थित अमिरको कार्यालयमा भएको भेटमा दिपक्षीय सहयोग र आपसी हितका बारेमा छलफल भएको छ ।

भेटवार्ताकै क्रममा राष्ट्रपति र अमिरको उपस्थितिमा नेपाल र कतारबीच पर्यटन प्रवर्द्धन र कानुनसम्वन्धी दुई सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कानुन सम्झौतामा नेपालका तर्फबाट भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र त्यहाँका कानुनमन्त्री हसन वीन अब्दुल्ला अल घानिमले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतामा प्रभावकारी रुपमा अघि बढाउन संयुक्त संयोजन समिति गठन गरी कुन-कुन क्षेत्रमा के गर्न सकिन्छ भन्ने विस्तृतमा छलफल गर्ने, एक अर्को देशको अनुभव साटासाट गर्ने, कानुन व्यवसायीलाई तालिम र अबलोकन भ्रमण गराउने, कानुन सम्वन्धी सम्मेलन गर्ने लगायतका विषय उल्लेख छ ।



इस्तै पर्यटनसम्वन्धी स्मृतिपत्रमा नेपाली राजदूत डा. सूर्यनाथ मिश्र र कतार टुरिजम अथोरिटीका अध्यक्ष अहमद अल नुयमीले हस्ताक्षर गर्नु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । स्मृतिपत्रमा दिर्घकालिन सहयोग र आपसी पाइदाका लागि संयुक्त रुपमा काम गर्ने, एक अर्का देशको पर्यटकीय गन्तब्यको प्रचार प्रसार गर्ने, ट्राभल एजेन्सी, टुर अपरेटर, सञ्चारकर्मी र युवाहरुको एक अर्को देश भ्रमण गराउने लगायत छन् । राष्ट्रपतिलाई कतारका अमिरले दिवाभोज समेत दिनु भएको छ ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates