नारायण सापकोटा, चितवन - असोज २५,
पूर्वी चितवनको जनकौलीमा एउटा अचम्मको वस्तु फेला परेको छ । स्थानीय सुवास बोटले पर्यटकहरु लाई अवलोकनका लागि लैजाने क्रममा स्थानीय खोलामा सो बस्तु फेला परेको बताइएको छ । बोटेले सो बस्तुलाई खोलाबाट ल्याएपछि स्थानीय बासीहरुले सो बस्तुलाई बिभिन्न देवी देवताको संङघा दिदै पुजा गर्नेहरुको भिड लाग्ने गरेको छ ।मेवाको जस्तो आकारमा देखीने सो बस्तुमा आठ पत्र देखीए पछि अष्ट नाग हुन सक्ने स्थानीयले बताएका छन् ।
नाङगो आखाले हेर्दा मेवाजस्तो देखीने सो बस्तुको पत्र–पत्र लाई फोटो द्धारा कम्प्युटरमा हेदा शिव, पावती गणेश लगाएतका बिभिन्न देवताहरुको आकृति देखीने हुनाले भगवानको स्वरुप भएको स्थानीय हिरामाया मगरले बताउनुभयो । स्थानीय बासीले देवता हो भन्दै दिनानुदिन पुजागर्ने को भिड बढेपछि सो बस्तु लाई व्यवस्थीत तरीकाले संरक्षण गर्नका लागी कृष्णप्रसाद सापकोटाको अधयक्षतामा संरक्षण समिति बनीको छ । सो वस्तुलाई केही समयमै मन्दीर निमार्ण गरी उचित व्यबस्थापन गरीने संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभयो । हाल सम्म उक्त बस्तुको स्थानीय हिरामायाले संरक्षण गरीरहेकी छिन् ।