राजधानीमा 'फर्की आऊ'को प्रिमियर गरीएको छ। आाजबाट यो चलचित्र राजधानी र राजधानी बाहिरका हलमा चल्ने छ।
प्रिमियर समारोहमा नायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, माओवादी नेतृ हिसिला यामी साथै अन्य चलचित्रकर्मीको पनि उपस्थिती रहेको थियो । तर चलचित्रकी नायिका निरूता सिंह भने प्रिमियरमा अनुपस्थित रहिन्।
चलचित्र हेरिसके पछि नायक हमालले चलचित्र सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए। उनले भनेका छन् 'चलचित्रको अडियो समारोहमा म जति कन्फिडेन्ट थिएँ त्यो भन्दा बढि कन्फिडेन्ट चलचित्र हेरे पछि भएको छु ।'
नेतृ हिसिला यामीले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिईन् । ओम प्रतिकले निर्देशन गरेको चलचित्रलाई युद्धमा जन्मिएको प्रेमकथाको उपनाम दिइएको छ। अन्य कलाकारहरुमा निरुता सिंह राम पौडेल, गणेश उप्रेती, सोनिया केसी, हिउँवाला गौतम रहेका छन्।