ऐश्वर्याले छोरी जन्माइन, अमिताभले लेखे - म अब हजुरबा भएँ
काठमाडौ,कात्तिक ३० / धेरैको अनेकथरी अड्कलबाजी र अनुमान पश्चात बलिवूड अभिनेत्री तथा बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनले बुधवार पुत्रिलाभ गरेकी छन । मुम्बईको एक अस्पतालमा ऐश्वर्याले छोरीको जन्म दिएकी हुन् । एश्वार्याका ससुरा तथा बलिउड अभिनेता अभिशेक बच्चनका पिता अभिताभ बच्चनले ट्विटरमा यसको जानकारी दिएका छन् ।
बीबीसीका अनुसार शिशुको जन्म सिजेरियन अप्रेसन गरेर भएको हो, तथापि डाक्टरहरुले यसको पुष्टी भने गरेका छैनन। बच्चन परिवारले अनावश्यक प्रचारबाजी र हल्ला बाट जोगिन अस्पताल प्रबन्धनलाई ऐश्वर्यको डेलिभरी सम्बन्धी खबर दिन रोक लगाएको थियो ।
टेलिभिजन च्यानलहरुलाई अस्पताल अगाडी ओवी भ्यान राख्न, डाक्टरहरुसंग प्रश्न सोध्न, भिडियो रेकर्ड गर्न र पत्रकारहरुलाई सो बारेमा खबर लेख्न प्रतिबन्ध लगाई सेभेन हिल्स अस्पतालको डेलिभरी वार्ड पुरै बुकिंग गरेको बच्चन परिवारका मूली अमिताभ बच्चनले अन्तत हजुरबा भएको खुसी धेरै बेर रोक्न भने सकेनन - उनले ट्विटर लेखेर सबैलाई जानकारी दिए - अब म हजुरबा भएँ, बुहारीले छोरी जन्माएकी छिन।