माइकल लर्नस् टु रक टोली काठमाडौंमा I
डेनिस सांगीतिक ब्याण्ड 'माइकल लर्नस् टु रक' अर्थात एमएलटीआरको १६ सदस्यीय टोली काठमाडौं आइपुगेको छ । लिड भोकलिस्ट तथा किबोर्डिस्ट जास्का रिक्टर, गिटारिस्ट मिकेल लेन्ज र ड्रमर कारे वान्सचर सहितको १६ सदस्यीय टोली बुधबार काठमाडौं आइपुगेको छ ।
टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपालमै बनेको मुस्ताङ गाडी चडेर होटल र्याडिसन पुगेको छ । ओडिसी नेटवर्कको आयोजनामा पर्यटन वर्ष २०११ को प्रर्वद्धनका लागि ब्याण्डले आगामी शनिबार काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्ने छ ।
एमएलटिआरले आफ्नो आधिकारिक वेबसाइटमा नेपाल आउने जानकारी दश दिन आगाडी नै दिएको थियो । सन् १९८८ मा स्थापना भएको यो ब्यान्ड एसियामा निकै चर्चित मानिन्छ । यो ब्यान्डको ‘टेक मि टु योर हर्ट’ सन् २००६ को सबै भन्दा बढी डाउनलोड भएको गीतको रुपमा पुरस्कृत भएको थियो । क्यानडेली गायक ब्रायन एडम्स पछि नेपाल भ्रमणमा आउने यो सबैभन्दा चर्चित सांगीतिक समूह हो ।