अपांगता भएकालाई सहयोग गर्न लण्डनमा व्यापक तयारी
Thursday, 10 November 2011 Posted by साहित्य संसार

यूके - गुल्मी समाज यूकेले यहि आउँदो डिसेम्वर ४ तारिकमा लण्डनस्थित प्लमस्टेडमा च्यारिटी डिनर आयोजना गर्ने भएको छ । अपांगता भएकालाई सहयोग गर्न च्यारेटी आयोजना गर्न लागेको आयोजकले बताएका छन् ।



च्यारिटी डिनरबाट आएको पैसा नेपालमा अपांगता भएकालाई नेपाल अपांग सघं मार्फत् उपलब्ध गराइने भएको छ । सो च्यारिटी डिनर कार्यक्रममा बेलायतस्थित नेपाली समाजिक संघ संस्थालाई यसअघि नै आमान्त्रण पठाइसकिएको संस्थाका मिडिया संयोजक शिव भण्डारीले बताए । कार्यक्रममा यूरोपका बिभिन्न देशबाट समेत सहभागित हुने बताइएको छ ।


कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । सांस्कृतिक कार्यक्रममा कन्ति आले, शर्मिल वर्दैवा, सितु खरेल, गंगा थापा, विवेक श्रेष्ठ, सीता पौडललगायतको प्रस्तुति रहने भएको छ ।
कार्यक्रमलाई सफल बनाउन बेलायतका बिभिन्न स्थान क्षेत्रीय संयोजकहरु समेत तोकिएको छ । कार्यक्रममा व्यापक बेलायतबासीको सहभागिताको लागि सबैलाई आग्रह गरिएको भण्डारीले बताए ।


नेपालमा अपांगता भएकाहरुले विदेशमा बसेका गैरआवासीय नेपालीबाट सहयोगको अपेक्षा गरेका हुन सक्छन् त्यसैले हामीले मानवीय सहयोगका लागि यो कार्यक्रम गर्न लागिएको हो भण्डारीले भने । यसले अपागता भएकाहरुको मनोबल बढ्ने विश्वास गुल्मी समाज यूकेको रहेका भण्डारीले बताएका छन् ।



कार्यक्रमलाई सफल पार्न ओम थापा, दुर्गा पाण्डे, मोती भण्डारी, अर्जुन गौतम, शंकर भण्डारी, केशव भण्डारी, फत्त थापा, डासु पाण्डेलगायत सबै गुल्मी समाज यूकेका कार्यसमिति लागि परेका छन् । यसैगरी संस्थाले बेलायतमा रहेका सबै समाजसेवी, बुद्धिजीवी, पत्रकारलगायत बिभिन्न पेशामा रहेका वेलायतबासी नेपालीहरुलाई निमन्त्रणा नपुगे पनि यसैलाई निमन्त्रणा ठानेर उपस्थितिको लागि आग्रह गरेको छ ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates