वेस्टपाल्म बीच फ्लोरिडाबाट सूचना संचार र साहित्यको क्षेत्रमा नौलो सूरुवात I
सरोज अर्याल, वेस्टपाल्म बीच फ्लोरिडा -
सूचना साचार र साहित्य क्षेत्रमा संलग्न सम्पूर्ण वर्गका श्रजक र पारखीहरुलाई समेट्ने गरी हालै यहाँबाट ब्यावसायीकरुपमा दुई सामाजिक साजालहरुको सुरुवात गरिएको छ । नेपाली व्यवसायी अभिज्ञा न्यौपाने अबी न्यौपाने प्रमुख रहनूभएको मीनी पेबल कर्पोरेशनद्वारा स्थापित योरनूक्स डटकम सोलनूक्स डटकम नामका यी दुई वेवसाइटहरुले सामाजिक तथा भाषीक क्षेत्रमा भिन्दाभिन्दै भूमिका निर्वाह गर्नेछन् । सोलनूक्स डटकम वेबसाइटको संचालनमा भने पहिल्यैनै साहित्यकार सुन्दर जोशीद्वारा स्थापित सुन्दरशैली डटकम http://sundarshailee.com/ ले प्रमुख सहयोगीका रुपमा काम गर्नेछ ।
यी वेवसाइटहरुको नौलोपन र विषेशता भनेको प्रयोगकर्ताहरुद्वारा संप्रेषित सामाग्रीहरुलाई विश्वका कुनै पनि प्रकाशकहरुले खरीद गर्न सक्ने र जसबाट भएको आम्दानी संप्रेषकहरुको हातमा पुग्नेछ । अत्यधीकरुपमा रुचाइएका पानाहरुलाई प्राप्त विज्ञापनबाट हुने आम्दानीको ठूलो हिस्सा पनि संपे्रसकलाई जानेहुँदा संप्रेषकहको आर्थिक उन्नतीमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अनुमान गरिएको छ । नेपाली मात्र नभई यी दुवै वेबसाइटहरुले विश्वका विभिन्न भाषाहरुलाई समेत समेट्ने छ ।
योरनूक्स डटकम र सोलनूक्स डटकममा सदस्यता दर्ता गर्ने सबै प्रयोगकर्ताहरुले वेवसाइटमा छापिएका सम्पूर्ण समाचार बिचार जस्ता सम्पूर्ण सामाग्रीहरु पढ्न त सक्नेछन् नै आफूसँग भएका सामाग्रीहरुसमेत प्रकाशित गर्न सक्नेछन् । समान इच्छा र संलग्नताअनुसार वेवसाइटमा भिन्दाभिन्दै समूहहरुको निर्माण गर्न सकिनेछ । आफूलाई इच्छा नलागेको क्षेत्रमा सदस्यहरुले रुमलिनु नपरोस भन्नका लागि भिन्दाभिन्दै समूहको निर्माण गरिने मीनी पेबल कर्पोरेशनका अभिज्ञा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार प्रयोगकर्ताहरुले दैनिक रुपमा समान विचार तथा अभिरुचीअनुसारका समाचार विचार तथा समीक्षाहरुलाई आदान-प्रदान गर्नेछन् । वेवसाइटले संप्रेषक र सम्पादकका लागि छुट््टै कूनासमेत प्रदान गर्नेछ ।
जस्लेगर्दा एकातिर प्रयोगकर्ताहरुको लेखनशैलीको अभ्यास तथा उनीहरुका उत्कृष्ठ रचनाहरुको प्रसंसा समेत आफ्नै क्षेत्रका सम्पादक र अरु प्रयोगकर्ताहरुबाट हुनेछ भने अर्कातिर यदी कुनै प्रकाशकले वेवसाइटमा छापिएका कुनै पनि समाचार विचार फोटो अथवा कुनै पनि सामग्री मनपराएर खरिद गर्नसक्नेछ ।
वेवसाइडले लेखक कलाकार पत्रकार स्तम्भकार अथवा सम्पूर्ण सिर्जनात्मक व्यक्तित्वहरुको सामाजिक विचारधारा आदान-प्रदानलाई एकै ठाउँमा ल्याउन जमर्को गरेको कर्पोरेशनकी प्रमुख अभिज्ञा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यी दुई वेवसाइटमध्ये योरनूक्सले सूचना संचार तथा सामाजिक गतिविधिलाई प्राथमिकता दिनेछ भने सोलनूक्सले कला र साहित्यमा जोड दिनेछ ।
दुवै वेवसाइटका प्रयोगकर्ताहरुले आºनो लेखनशैलीको गुणस्तर र संलग्नताका आधारमा सम्पादक अथवा प्रधान सम्पादकको रुपमा काम गर्न अवसरसमेत पाउनेछन् भने संलग्नता र योगदान गरेवापत मासिकरुपमा पुरस्कृत पनि गरिनेछ । त्यसैगरी आºनै व्यवसाय साचालन गरिरहेका र गर्ने मनसाय राख्नेहरुलाई पनि यो वेवसाइटमा समेटिनेछ । उनीहरुको व्यवसायीक विवरण अथवा उनीहरुको उत्पादन तथा सेवाको विश्लेषणलाई समेत वेवसाइटमा समेटिनेछ ।
यीमध्ये योरनूक्स डटकम करिब दुई महिना अगाडी शुरु भएको हो भने सोलनूक्स डटकम नोभेम्बर १ २०११ बाट सुरु गरिएको संस्थाका प्रमुख अबी न्यौपानेले बताउनुभयो । वेवसाइको प्रमुख सहयोगीको रुपमा छानिएको साहित्य क्षेत्रमा आºनो राम्रो पहिचान बनाइसकेका साहित्यकार जोशीद्वारा साचालित सुन्दरशैली डटकमले कविता कथा निबन्ध यात्रा संस्मरण अनुसन्धानमूलक लगायतका साहित्यीक सामग्रीहरु पहिलेदेखिनै प्रकाशनमा ल्याइरहेको छ । संसारको कुनैपनि कुनाबाट संप्रेषित नेपाली साहित्यिक सामग्रीहरुको प्रकाशनको व्यवस्थापन सुन्दरशैली डटकममार्फत गरिने व्यवस्था गरिएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार साहित्यिक सिर्जनाहरुको व्यवस्थापन सुन्दरशैलीद्वारा गरिने भएपनि सम्पूर्ण कपीराईटको अधिकार तथा मुख्य प्रकाशकको रुपमा सोलनुक्ससँगै रहनेछ । जसले गर्दा रचनाको पेजमा प्रकाशित विज्ञापनबाट प्राप्त आम्दानी अथवा लेख÷रचानाको बिक्रीबाट प्राप्त आम्दानी सहीढंगबाट श्रजकको खातामा पुग्ने व्यवस्था गर्ने दृढता न्यौपानेको छ । नेपालबाट सहभागी सम्पूर्ण विधाका श्रजकहरुको आम्दानी हस्तान्तरणमा प्राविधिक कठिनाइ आउने अवस्था आइपरेमा श्रजकहरुकै अनुरोधमा सुन्दरशैलीलाई माध्यमका रुपमा प्रयोग गर्न सक्ने समेत व्यवस्था गरिएको छ ।
थप जानकारीका लागि सबै बर्गहरुलाई www.YourNooks.com र www.SoulNooks.com हेर्नुहुन समेत अनुरोध गरिएको छ ।
सरोज अर्याल
वेस्ट पाल्मबीच फ्लोरिडा