कुमार पौडेल, तेल अबिब(इजरायल) - १३, नोभेम्बर ०११,
पर्बत जिला रानीपानी गाबिसका एकैघरका ५ अपांग बालिकाहरु को सहयोगार्थ करिब दुइ महिना अघि सुरु गरियको रकम संकलन अभियान को समापन एवं रकम हस्तान्तरण कार्यक्रम लाइ १२ तारिख सनिबारका दिन तेलअबिब को लेविनिस्की पार्कमा नेपालि समुदायका बिच कार्यक्रम गरेर सम्पन्न गरिएको छ | नेपालि दुताबासका उप नियोग प्रमुख रमेश प्रसाद खनाल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम अपांग सहयोग अभियान समुहका संयोजक कुमार पौडेल को सभापतित्वमा संचालन गरिएको थियो |कार्यक्रमको सुरुमा प्रमुख अतिथि र समारोहका सभापति ले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर अगाडी बढाइएको थियो भने इजरायलमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि र पत्रकार समुहका सदस्य हरुलाई अतिथिका रुपमा आमंत्रीत गरिएको थियो | नेप्लिज इन इजरायलका सदस्य एब अपांग सहयोग समितिका सहयोगी सदस्य कुमार दाहाल को स्वागत मन्तब्य बाट सुरु गरियको कार्यक्रममा ५ अपांग बालिकाहरुका लागि अभियान सुरु गर्ने अभियानकर्ता हरु सुर्य बस्याल ,कुमार पौडेल ,गोपाल सिटौला र समुहका सदस्य हरु नेहा गुरुङ ,रन्जु कार्की ,हरि मानन्धर , कृष्ण ज्ञवाली लाइ ५ अपांग हरुको सहयोगमा गरेको महत्वपूर्ण योगदानका खातिर खादा लगायर मंच मा परिचय साथ संमान गरिएको थियो |
कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि रमेश प्रसाद खनाल ले इजरायलमा रहेर सामाजिक सेवाको भावना बाट प्रेरित भै अपांग बालिकाहरु प्रतिको सहयोग र सहानुभूतिले सबैलाई यस्ता कार्यहरु गर्नमा अभिप्रेरित गर्ने र उनीहरुको दैनिकीमा केहि राहत मिल्नेमा आफु बिश्वस्त रहेको कुरा बताउनुभएको थियो | इजरायलको यस्तो अभियानलाई हरेक ठाउबाट सबैले नियालिरहेको र आफुसमेत खुसि रहेको प्रसंगराख्दै खनाल ले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो | मन्तब्यकै क्रममा नेपालि नारि आवाज सस्थाकी अम्बिका छेत्री,. नेपाल कामदार सहयोगी मंच का अध्यक्ष दिपक वोली लगायतका अतिथि ले आफ्ना भनाइहरु राख्नुभएको थियो |
कार्यक्रमको मध्यतिर अपांगसहयोग अभियानले संकलन गरेको सहयोग रकम को विवरण लाइ प्रस्तुत गर्दै अभियानका सहयोगी एवं सुरुआत देखिनै अभियानलाई सल्लाहसुझाब दिनुहुने सदस्य सुमन कार्कीले अभियानका तर्फबाट रकम संकलन र अभियानले गरेको कार्यका बारेमा प्रस्ट पार्नुभएको थियो | बिच बिचमा गित संगीतको रमाइलोले सबै उपस्थित नेपालि समुदायलाई कार्यक्रमको रौनकतामा अरु रमाइलो पनि थपेको भान हुन्थ्यो , गायक युग यमन को " यो मन त मेरो नेपाली हो " भन्ने गीतले सबैको मन जितेको थियो |
कार्यक्रमको अन्त्यमा अभियानका संयोजक एवं उक्त कार्यक्रमका सभापति कुमार पौडेल ले कार्यक्रम विसर्जनको क्रममा मन्तब्य दिदै आफुहरुले नेपाल टेलिभिजन को अपांगता सरोकार कार्यक्रमको यु ट्युब भिडियो लाइ आफ्नु फेसबुक समुहमा हेरेर धेरै सहयोगि मनहरुको सहयोग गर्ने प्रतिबद्दता साथ आफुहरु लागिपरेको कुरा बताउनु भएको थियो | सबै साथीहरुको हातेमालो र बिश्वाश ले आज ति ५ अपांग बालिकाहरुको सहयोग जुटाउन आफुहरु सफल भएकोमा नेप्लिज इन इजरायल समुह र इजरायलमा रहनुहुने सबै सबै सहयोगी दाजुभाई दिदीबहिनी र आमन्त्रित अतिथि साथै सबै पत्रकार मित्रहरुलाइ धन्यबाद दिदै अपांग ५ बालिकाहरुलाई आफुहरुले इजरायलबाट ठुलो रकम सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयको थियो |
समापन कार्यक्रमको त्यो अबशरमा इजरायलमा रही रकम संकलन गर्न सहयोग गर्ने अभियानका सहयोगी साथीहरु अर्जुन पौडेल(रमातगान ),एन्जिला बजगाई(गिभाताइम ) ,सिता सिलवाल (आस्दोध ),अन्जना शाह र कुमार दाहाल(जेरुसलेम),सुमी राइ र निमा सेर्पा (रिशोंन),राजु सुबेदी र रन्जु कार्की(बातियाम ),संगीता खड्का (हर्जेलिया),उमेश थापा (डिजीन गोफ ),प्रदिप सिटौला र हजुरी शाह कंडेल (फर्सावा),सरु गुरुङ (नतानिया),सुनिता पौडेल (हाइफा )बिष्णु बस्ताकोटी (रखोबोत ) यश घिमिरे,(आस्केलोंन), स्मिखा शेर्पा ( तेल अबिब) र श्रीराम अधिकारी लगायतका सहयोगी मनहरुलाई मंच मा बोलाइ त्यहा उपस्थित सदस्यहरुलाई खादा लगायर संमान गरिएको थियो भने कार्यक्रम सत्यसाइकेन्द्र कि नेहा गुरुङ साइराम ले संचालन गर्नुभयको थियो |
पर्बतका ति ५ अपांग बालिकाको सहयोग रकम हस्तान्तरण समारोहमा उपस्थित हुनुभएका धेरै सहयोगी नेपालीहरुले मंच मै आफ्नु सहयोग रकम दान गर्ने क्रम पनि कार्यक्रमकै अबशरमा निरन्तरता चलेको थियो | सायदै यी अपांगका लागि उठेको ठुलो धनराशि संकलनकार्य प्रबासमा रहेका नेपालीहरुको पहिलो अभियान र नमुना बन्न सक्नेमा सबै इजरायलबासी सहयोगी र बिश्वका कुना कुनामा रहेका नेपालि हरुका लागि उदाहरणीय सेवाको भाब बाट सबैलाई प्रेरित हुनमा थप मदत र नेपालका लागि गर्बको कुरा हुनेमा दुइमत नहोला |
स्मरणीय रहोस इजरायलको यो अभियानमा हिजो समापन कार्यक्रम को बिसर्जन भएपछी सम्मको संकलित रकम एघारलाख एकसय दश ने रु (११,००,११०) प्राप्त भयको छ | यस रकमलाई पर्बत मा रहेको काष्ठमण्डप बिकाश बैक को मुद्दती खाता न.००४०१०४८ मा ५ बालिका हरुकै नाम मा बलबहादुर दर्जी(बालिका का बाबु ) संरक्षक रहनेगरी जम्मा गरिनेकुरा सबैमा जानकारी समेत गराउदछौ | समापन समारोहको भिडियो सम्पादन को प्रक्रियामा रहेकाले पछी सबैमाझ राखिने छ , प्रतीक्षा गर्नुहोला |