एनआरएन नेदरल्याण्ड लोकतान्त्रीक समुह सदस्य उमेद्वार चन्द्र संसेर केसीको अपिल
साउन २२ नेदरल्याण्ड । प्रसंग गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्डको नजिकिदै गरेको अधिवेशनको लहर चर्चा-परिचर्चा, बिचार -बिमर्श सहमती-बिमती, राम्रा-नराम्रा, ठीक-बेठीक, अनी "कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बिचार" भनेझै ब्यक्तिपिच्छे आउने राम्रा नराम्रा बिचार र प्रसँगबाट म अछुतो रहन सकिन ।"देश खाइ सेष" हुनु भएका मेरा आदरणिय साथीहरु "मेरो गोरुको बार्है टक्का” भनेझै मेरा सबै कुरा ठीक अरुका बेठीक, मैले भनेको सबै राम्रो मैले गरको सबै राम्रो भन्ने जस्तो नकरात्मक सोच र बिचार लिनु आफैमा गलत हुन सक्छ।
एनआरएन स्थापना कालदेखि आजसम्मका काम कुराहरु दोहोराइ रहन चाहन्न र पर्दैन पनि । बिधान तथा निती कुन संघ संस्थाका नराम्रा छन र ? कार्यान्वयन कसरी हुन्छ ? भन्ने प्रश्न मात्रै हो । जहाँसम्म गैरआवासिय नेपाली संघका कुरा छन, यो सँस्थाको बारेमा धरै भन्नु आवश्यकता नै छैन। स्थापना कालदेखि आजसम्मको सँस्थाको साँगठनिक बिस्तारलाई नै हेरौँ न, कुन सँस्था यति छोटो समयमा बिश्वब्यापी हुन सक्छ ? नेपालको बिकास को लागि मात्र नभएर बिदेशमा रहेका नेपालीहरुको लागि नेपाली भन्ने कुरा मुल मन्त्र नै बनेको छ । बौदिक, ब्यबसायिक र सामाजिक रुपमा प्रतिष्ठित ब्यक्तिहरु नै यसमा लागि पर्नु भएको छ ।
नेपालीलाई आईपर्ने बिभिन्न समस्यामा लागिपरकै छ यो संस्था। सोहि सम्बन्धमा "नेपालका लागि नेपाली" नारा का साथ नेदर्ल्याण्डस् स्थित बिभिन्न संघ संस्थाहरु, राजनैतिक संगठन, बिघार्थी, जनजाति, ब्यापारी, तथा बुध्दिजिबीहरुको स्वतन्त्र, समाबेशी तथा समानुपातीक, लोकतान्त्रीक समुह ( श्री नारायण प्रसाद आचार्य ज्यु को प्यानल ) लाई समर्थन गरी अगाडी बढ्ने प्रण गरौं हामी सबै, हामी जस्ता स्वतन्त्र ब्याक्ति तथा नेदरल्याण्डस् स्थित संस्था राष्ट्रीय एकता समाज नेपाल का सल्लाहाकार श्री श्रीराम कंडेल ज्यु साथै ब्यबसायीक, समाजसेबी हरुलाई समेटी बनाइएको छ लोकतान्त्रीक प्यानल।
हामि सबैले बुझ्न जरुरी कुरा के भने ब्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताको लागि सँस्थाको नेतृत्व लिन चाहने ब्यक्ति हामीले पहिचान गर्न सक्नु पर्छ । नेतृत्व चयनमा यदि हामीहरुले गल्ती गर्यौ भने त्यसले बिभिन्न रोग उत्पन्न गराउँछ। “किन खुम्चिस मरिच आफ्नै रागले” भनेझै सँस्था आफ्नै रागले खुम्चन वाध्य बनाउँछ । सघुरिँदै जान्छ, कमजोर हुँदै जान्छ। साथीहरु एक चोटि सोचौं त ? संस्थाको बिधानअनुसार कुन नेपाली सँस्थाको नेतृत्व लिनबाट बन्चित हुन्छन, कमजोरी कसको भयो त ? पूर्ण प्रजान्त्रिक संघ भएको हुँदा यहाँ सबै जना अटाउँछन । राजनीतिक बिचार, जतिय अनि पेसागत कुराले किचोलो मच्च्याई सँस्थालाई कमजोर बनाउन खोज्नु मुर्खता भन्दा केही भन्न मिल्दैन ।
त्यसैले साथीहरु, को ब्यक्ति सहि नेतृत्व लिन सक्छ भन्ने कुरा मनन गरी सँस्थाको गरिमालाई ध्यानमा राखी निर्णय लिनु आबश्यक देखिन्छ । र एक नमुना अधिबेशन बनाउनु समयको माग पनि छ । आशा छ, नेपाल र नेपालीको बिकासका लागि संघर्ष गरिरहेको हाम्रो एनआरएन नेदर्ल्याण्डको आगामी अधिवेसनमा संयुक्त लोकतान्त्रीक समुह (श्री नारायण प्रसाद आचर्य ज्यू को प्यानल)लाई बिस्वास गर्नुहुनेछ र, एक स्वच्छ प्रजातान्त्रिक चुनाबी प्रकृयाबाट नेतृत्वको चयन गरी मित्रताको चरम नमुनाका रुपमा प्रस्तुत हुनु हुनेछ। समाबेसी तथा समानुपातिक लोकतान्त्रीक समुह को नामावलि यस प्रकार छ।
प्रेसीडेन्ट:- नारायण प्रसाद आचर्य
भाइस प्रेसिडेन्ट:- शिब गुरुगं
प्रेम शिंग गुरुगं
नेसनल् कोअर्डिनेटर:-श्रीराम कंडेल
जोइन्ट नेसनल् कोअर्डिनेटर :- बिश्नु बांसतोला
कोषाध्यक्ष:- डम्मर चुडाल
सहायक कोषाध्यक्ष:- झलक बिक्रम जि सि
सदस्यहरु:-
चन्द्र संसेर के सी
बिनोद गौतम
जितेन्द्र कुमार श्रेष्ठ(ज्याकस्)
रुदीप खनाल
टंक प्रसाद पाण्डे
साबी रिजाल
खेम बहादुर गुरुगं
हरि बराल
भिम रोका
अच्युत कट्टेल
राजु हमाल
उत्तम कंडेल।
- चन्द्र संसेर के.सी.
(गैरआवासीय नेपाली संघ (एनआरएन) नेदर्ल्याण्डस् लोकतान्त्रीक समुह सदस्य पदमा उमेद्वार)





