पूर्वी चितवनमा क्षमता अभिवृद्धि तालिम सम्पन्न
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २१ चितवन। पूर्वी चितवनको कठार गाविसमा अगुवा महिलाको क्षमता अभिवृद्धिका लागी आयोजित ३ दिने प्रशिक्षण कार्यक्रम आज सकिएको छ । राजनितिक दल महिला सञ्जाल कठारको आयोजना र कठार गाबिसको सहयोगमा भएको तालिममा महिला सम्वन्धी कानुनी व्यवस्था , वक्तृत्वकला, र उद्घोषणकलाका विषयमा प्रशिक्षण दिईएको थियो ।कठार गाविसका राजनितिकदल , बिभिन्न संघ सस्थामा आवद्ध २५ जना अगुवा महिलाको सहभागीता रहेको तालिममा महिला सम्बन्धि कानुनि ब्यवस्थाका विषयमा अधिवक्ता गोपिलाल देवकोटाले प्रशिक्षण दिनुभएको थियो ।

कठार गाविसका सचिव सुनिल लम्सालको अध्यक्षतामा आज भएको समापन कार्यक्रममा नेपाली कांग्रेश महाधिबे शन प्रतिनिधि शुशिला उप्रेति ,राष्ट्रीय प्रजातन्त्र पार्टिका मुक्तिनाथ सेढाई,कठार उपस्वास्थ्य चौकीका प्रमुख गोकुल तिवारी ,प्रशिक्षार्थी मनु भुजेल लगायतले वोल्नुभएको थियो।कार्यक्रममा बोल्ने बक्ताले अधिकारका लागि आफै जागरुक हुनु पर्नेमा जोड दिनु भएको थियो । 

तालिमले बाटो मात्र देखाउने भन्दै उहा“हरुले सिकेका्े कुरा ब्यवहारमा उतार्न सके मात्र त्यो उपब्धि मुलक हुने बताउनु भयो ।आयोजक राजनितिक दल महिला सञ्जाल सदस्य यसोदा पाण्डेले गाबिस स्तरमा यस्तो तालिम पहिलो पटक आयोजना गरिएको बताउदै तालिमलाई वडा वडामा लगिने जानकारीदिनु भयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates