जापानमा एक नेपालीको मृत्यु
साउन २१ जापान। जापानमा घरेलु कामदारको रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा थवाङका प्रकाश रोका हुन्।
मृतक रोका रोजगारीको लागि जापान आएको एक नेपालीको एक महिना पनि पुगेको छैन ।
उनिसंगै कार्यरत श्याम रानाका अनुसार घाँस काट्दै गर्दा भएका रोका बेहोस भएका थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
अस्पतालमै राखिएको उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ। मृतकका एक छोरा, एक छोरी र पत्नी दाङमा बस्दै आएका छन्।




