इजरायली प्रधानमन्त्री पत्नीद्वारा नेपालीमाथि दुर्व्यवहार
Wednesday, 31 August 2011 Posted by कृष्णपक्ष थापा

घरायसी कामदारका रुपमा इजरायल पुगेकी एक नेपाली महिलाले त्यहाँका प्रधानमन्त्रीका पत्नीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

ताराकुमारी नामकी नेपाली महिलाले प्रधानमन्त्ती बेन्जामिन नेतान्याहुकी पत्नी साराले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । आजको अन्नपूर्ण पेाष्टमा छापिएको समाचारमा भनिएको छ, हिब्रु भाषाको स्थानीय टेलिभिजन ‘च्यानल २’ लाई मंगलबार साँझ अन्तर्वार्ता दिँदै ताराले आफूले दुई वर्षदेखि साराका ९६ वर्षीय पिता सामएल वेन अर्तजीको सयाहार सुसार गर्दै आएको बताएकी छन् । ताराले अर्तजीका साथ आफू पनि प्रधानमन्त्री भवनभित्रै बस्दै आएको जानकारी गराएकी छन् । नेतन्याहुको कार्यालयले भने त्यसको खण्डन गरेको छ ।

प्रधानमन्त्री परिवारसँग जोडिएको यस घटनाले थप बहस उत्पनन गराउन सक्ने आशंका गरिएको छ । तेलअभिभस्थित नेपाली दूतावासले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । स्रोतका अनुसार दूतावासले तारासँग कुरा गरिरहेको छ । इजरायलका झण्डै सात हजार नेपाली महिला केयरगिभरका रुपमा काम गरिरहेका छन् । राताले आफूमाथि दुव्र्यवहार भएको भन्दै जेरुसेलमस्थित हटलाइन फर माइग्रेन्ट वर्कस एण्ड फिजिसियन्स फर हयुमन राइट्स नामक मानवअधिकारवादी संस्थामा पनि उजुरी दिएकी छन् ।

सो संस्थाले उजुरीबारे अनुसन्धान भइरहको बताएको छ । उक्त संस्थाले विज्ञप्ति जारी गरी प्रधानमन्त्री निवासभित्रै यस्तो घटना हुनु गम्भीर भएकाले निष्पक्ष छानबिन गर्न माग गरेको छ । ताराले प्रधानमन्त्री पत्नीले आफूलाई खान नदिएको, जहिले पनि गाली गर्ने गरेको र छुट्टीको दिनमा पनि काम लगाउने गरेको बताएकी छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates