मान्छेको मासु खान बाध्य बनाउथी पत्नी, त्यसैले हत्या गरें
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा





गत ३० तारिख इजरायलको तेल अभिभ स्थित होटल दान पानोरमामा हत्या गरिएकी महिलाका श्रीमानले यसबेला इजरायली पुलिस समक्ष अनौठो तथ्य सार्वजनिक गरेका छन । अष्ट्रेलियाको मेलबर्न निवासी ५४ बर्षीय जोन पाल सेबेस्टीयनलाइ इजरायल घुम्न आएको बेला गत मंगलबार दान पानोरमा होटलको १५ औं तलाबाट श्रीमतीको लाश सहित गिरफ्तार गरेको थियो ।

प्रहरीका अनुसार होटलको १५ औ तलाबाट मानिस चिच्याएको आवाज आए पछि करिब चार बजे अन्य कोठामा बस्ने व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए, प्रहरी घटनास्थल पुग्दा एउटी महिला गर्धन र शरीरको माथिल्लो भागमा गहिरो चोट लागेको गम्भीर घाइते अवस्थामा भेटेका थिए । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।



इजरायलबाट प्रकाशित पत्रिका यदियोथ आख्रोनोतले जनाए अनुसार शुरुमा जोनले आफूले श्रीमती संगको झगडामा आत्मरक्षा गर्ने क्रममा उनको मृत्यु भएको बताउदै आएका थिए, तर अकस्मात उनले बयान फेरेर एउटा आश्चर्यजनक तथ्यालाई बाहिर ल्याएका छन कि उनकी श्रीमती उनलाई मान्छेको मासु खान बारम्बार अनुरोध गर्थिन, त्यसैले सो बिषयमा विवाद हुँदा उनले श्रीमतीकै हत्या गर्नु पर्यो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates