भदौ १४ अघि नै सहमतिको सरकार निर्माण हुने सन्चारमन्त्री बोगटीको भनाइ
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २२ काठमाडौ। सूचना तथा सन्चार मन्त्री पोष्टबहादुर बोगटीले भदौ १४ अघिनै सहमतिको नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले  आइतबार  राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री बोगटीले प्रधानमन्त्री झलनाथ खनालले सहमतिको सरकार गठनका लागि तत्कालै रानीजामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताउनुभयो ।उहाँले प्रधानमन्त्री खनालले दिएको समयसीमा साउन २८ गते भित्रमै सेना समायोजनको मोडालिटी, संख्या, दर्जा र पुनस्र्थापनामा जाने लडाकुका लागि राहत प्याकेजमा सहमति भएर रिगु्रपिङको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री खनालको राजीनामा पछि माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार माओवादी सचिव समेत रहनुभएका सञ्चारमन्त्री बोगटीको भनाई थियो ।उहाँले सैद्धान्तिक रुपमा माओवादी नेताहरुले लिदै आएको दोहोरो सुरक्षा अन्त्य भईसकेको भन्दै केही दिनमै ब्यवहारिक रुपमा पनि दोहोरो सुरक्षाको अन्त्य हुने बताउनुभएको छ ।

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन अन्तिम चरणमा रहेको जानकारी दिदै सञ्चारमन्त्री बोगटीले आगामि मन्त्रिपरिषद बैठकमा त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धी प्रस्ताव लैजाने जानकारी दिनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates