कोशीको बहाव बर्षकै उच्च, सतर्कता सूचक रातो झण्डा र बत्ति
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

साउन २२ काठमाडौं। केही दिन यता पूर्वी पहाडी जिल्लाहरुमा परेको लगातारको वर्षापछि आज आइतबार  सप्तकोशी नदीमा पानी बहाव अहिलेसम्मकै उच्च मापन गरिएको छ ।

आइतबार विहान गरिएको मापन अनुसार कोशी व्यारेज भएर दुई लाख १९ हजार ६ सय ९५ क्युसेक पानीको वहाव रहेको छ । कोशी व्यारेज कन्ट्रोल कक्षका अनुसार शुक्रबार साझदेखी बहाव बढ्ने क्रम शुरु भएको हो । पानीको वहाव बढेपछि कोशीका ५६ वटा ढोका मध्ये ३६ वटा ढोका खुल्ला गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

पानी बढ्ने क्रम जारी रहेकाले व्यारेजमा सतर्कतासूचक रातो झण्डा राखिएको छ भने पुलको दुवै तर्फ रातो बत्ति पनि बालिएको छ । पानीको बहाव डेढलाख क्यसुेक नाघ्नेवित्तिकै व्यारेजमा सतर्कतासूचक झण्डा र बत्ति वाल्ने गरिन्छ ।

पानीको बहाव बढेसँगै नदीले स्कपर कटान तीव्र पारेको छ । पानी बस्तीमा पस्ने डरले कोसी व्यारेजको पूर्वी तटवन्ध अन्तर्गत सुनसरीको प्रकाशपुर, हरिपुर र पश्चिमकुशाहाका सर्वसाधारण त्रसित बनेका छन् ।

यसअघि २०६५ भदौ २ गते कोसीमा पानीको बहाव १ लाख ८६ हजार क्युसेक प्रतिसेकेण्ड पुग्दा पुर्वी तटबन्धअन्तर्गत पश्चिम कुशाहास्थित बाँध भत्काएर नदी बस्ती प्रवेश गर्दा ठूलो धनजनको क्षति भएको थियो । वर्षायाममा कोसी समस्याले चर्चा पाए पनि सरकारले दीर्घकालिन समाधानका लागि कुनै पहल गरेको छैन ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates