इजरायलद्वारा गाजामाथि आक्रमण, १३ बर्षे बालकको मृत्यु
हाम्रो संसार अनलाइन, इजरायल - २ भाद्र,
गएराति इजरायली हवाई युद्धक विमानहरूले गाजामाथि आक्रमण गर्यो । गाँजाका मुख्य हमासहरूको समूह रहने ठाउँ तथा हातहतियार भण्डार गरिने शंका गरिएका सातवटा इलाकामा गरिएको उक्त आक्रमणमा परि एक १३ बर्षको बालक मृत्यु भएको र १७ जना घाइते भएको चिकित्सक अधिकारीहरूले जनाएका छन् ।
गाजाद्वारा इजरायलका दक्षिणी भागमा आक्रमण
गाजाले आज विहानै देखि दक्षिण इजरायलका किरातघात, अस्केलोन बेरसेवा र आस्दोदमा बम प्रहार गरिरहेछ । सबै बमहरू खुल्ला ठाउँमा परेकाले क्षति भएको छैन तर आस्दोदमा भने इन्डस्ट्रियल यरियाको घरमा परेर एक जना सख्त घाइते भएका र ६ जना साधारण चोट लागेको बताइएको छ।
hamrosansar





