के यो वास्तविक काहनी थिएंन ?
इन्द्रेणी शर्मा´´ जलद´´
´´कस्ले के भन्यो ?किन यसरी निराश भएको नि ? हिड़ जाऊ यत्रो रात बिती सक्यो ,´´
´´कसैले केही पनि भनेको छैन ,निराश हुनुको कारण अर्कै छ चित्रनाथ , तिमी अब यो देश छोडेर जादैछौ ,लोग्ने मानिसको के भर ?उतै हराउने पो हो की ?´´
´´ किन दुखी हुन्छ्यौ ? म तिम्रो हात माग्न अबश्य आउछु चेतना ,तर तिमी करकाप भयो भने या एक सुन्दर युवकको माया हरायौ भने ?मेरो प्रतीक्षाको लागी हुन्छ्यौ की अर्को संसारमा हुन्छ्यौ के भर नारीको जीवन पनि ?गमलामा फूलेको फूल जस्तो ?´´
हुन्न चित्रनाथ´कदापि हुन्न, म तिमी बिना यो धर्तिमा मेरो अर्कोजीवन संभव छैन ,यदि केही हुनगयो भने मेरो जीवनको अन्त्य पनि हुनसक्नेछ,किनकी तिमी नै मेरो जीवनको सहयात्री हौ अरुसंग मेरो कुनै दाम्पत्य जीवनको कल्पनै छैन, तिमीले मेरो जीवनलाइ गहिराईसम्म बुझिसकेका छौ शायद अचानक हामी बिहोशमै हराएका बेला म कतै तिम्रो रगतको जिन मेरो रगतले लिएको त छैन ?यति बेला मेरो महीनामारी लुकेको महसूस गरेकीछु ,कतै कालो पोतिने त हैंन ?´´
´´ह ss , के यो संभव छ चेतना ?तिमी यो के भन्दैछ्यौ ?
´´किन नहुनु ? मयुरको जीवन जस्तै त भएन कतै? तिमीसंगको त्यों यात्रा अनि शांतिनगरको त्यों रात नि ?
´´मलाई माफ़ गर चेतना ,आबेगमा पुरुष किन आफुलाइ नियंत्रण गर्न सक्दैन म पनि बिहोशिमै आफ्नो औकात भुलेछु .म तिम्रो जीवनमाथि कतै जघन्य अपराध त गरिन ?यदि केही भयो भने मेरो समाजको तिखो प्रहार जीवनभरी हुनेछ ,´´
´´ठीकै छ हुने हुनामी टारेर नटरेपछि , तिमी अब यो हालतमा जान सक्दैनौ चेतनाथ , तिमी जानू भनेको मेरो लागी अझ समस्या हुनेछ बुझ्यौ ?,मेरो कलेजको रिजल्ट आउदैछ म काठामांडू जानेछु, त्यस पछि तिमीले मेरो समस्याको समाधान गर्नेछौ , समाजको आँखाले हामीलाई पटक पटक डसनेछैन बुझ्यौ ?´´
´´हो तिमीले ठीक भन्यौ ,हुन्छ´, म दलालसंग कुरा राख्छु, हेर अहिले बिदेशमा पनि नेपालीहरुको कम्ति कन्तबिजोग छ?यति हुदाहुदै पनि बिदेशको मोहले छोड़ेंन युवाहरुलाई मुग्लानको कठोर यात्रा पार गरेपछि आफ्नो बिगत सम्झिनु कति दुखदायी छ रमेशको कुरा सुने पछि म दुबिदामा छु जानु की नजानु? दलालले पेस्की लीइसकेको छ तिमी आफै सोच त कति कष्ट्ले कमाएको थिएं ? 2 00 ,000 \ , दुई लाख लिएको छ यूरोपको लागी भनेर
चित्रनाथ हेर सवाल हाम्रो हो खुट्टा भए जुत्ता कति कति? तिमीले तिम्रो रगतको छिनोफानो नहुदा सम्म तिमी बिदेशको लागी कल्पना नै नगर यदि तिमीले मेरो हालत बिजोग पार्यौ भने त्यों कति दुखदायी हुन्छ ? म भन्नु पनि सक्दिन तिमी आफै समझदार छौ ,´´
दिन भरी कामले लखतरान भएको थियो चेतनाको खवर पनि पाएको थिएन अब त आउनु पर्ने हो कालेज पनि छुट्टी भै सके किन आइनन? म अर्को महीना बिदेश जानुछ , रात पनि मध्य रातको सन्नाटामा रात्री पंछीकोआवाज सुनिथ्यो चेतनाको याद आएकोले ऊ कति बेला निदाएछ ऊ सपनाको संसार भित्र पुग्येछके के देख्यो देख्यो ?
झल्यास हुन्छ के यो संभव छ ? उ आफैसंग हरायो कस्तो सपना देखिछु हरे राम ?के यो वास्ताबिक घटनाको पूर्व जानकारी त हैन? ऊ आफ्नो सपनासंग आफै डरायो
हाल लिस्बोन पोर्तुगल ,
प्रगतिनगर ,नवलपरासी नेपाल




