अन्तरमिडिया कप फुटबल प्रतियोगिता बिबाद
Thursday, 4 August 2011 Posted by कृष्णपक्ष थापा

अशोक महत, 
 साउन १९बनेपा।  काभ्रेको बनेपामा जारी अन्तरमिडिया कप फुटबल प्रतियोगितामा बिबादका कारण आज हुने भनिएको २ ओटा खेल मध्य एउटा मात्र खेल भएको छ।  बनेपाको चाइना टाउन खेल मैदानमा आज भएको एउटा खेलमा प्राईम एफएमले खबरचौतारी साप्ताहिकलाई ५–१ गोल अन्तरले परजित गरि सेमी फाइनलको यात्रा तय गरेको छ। 

यसैबीच आजको दोश्रो खेल अन्तर्गत मध्यपूर्ब एफएम र चेष्टा साप्ताहिक बीचको खेल भने बिबादका कारण स्थगित भएको छ। प्रतियोगितामा मिडिया बाहिरका खेलाडी राखिएको बिषयमा दुई टिम (मध्यपुर्ब र चेष्टा) बीच विवाद बढेपछि आजको खेल स्थगित गरिएको मिडिया कप फुटबल प्रतियोगीताका संयोजक रघुनाथ सापकोटाले जानकारी दिनुभयो। साथै संयोजक सापकोटाले आयोजक, रेफ्रि तथा टिम बिचको छलफल सकिएको र भोलि बिहान ७ बजे बाट आज स्थगित भएको खेल र भोलिबाटै सेमीफाईनलका खेलहरु संचालन हुने जानकारी दिनुभयो।

यसैबीच आजै हुने भनिएको अर्को दुई खेलमा रेडियो एबिसीले सुनकोशी साप्ताहिकलाई तथा ग्रेस एफएमले नवक्षितिज साप्ताहिकलाई वाकओभर दिएकाले सुनकोशी र नवक्षितिज स्वतः सेमीफाइनलमा प्रवेश गरेका छन्। भोलिबाट सेमीफाइनलका खेलहरु सुरु हुदैछ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates