साउन २८ भित्रै सेना समायोजन प्रक्रिया थाल्ने माओवादीको निर्णय
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २२ काठमाडौं। एकीकृत नेकपा माओवादीले साउन २८ गते भित्रै सेना समायोजन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

माओवादी स्थायी समितिको आइतबार राजधानीमा बसेको बैठकले साउन २८ गते शनिबार भित्रै सेना समायोजन प्रक्रिया अघि बढाउने निर्णय गर्ने गरेको हो । बैठकको सुरुवातमै अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट सिफारिस गरिएका मन्त्रीहरुको सपथ सकारात्मक भन्दै राज्यमन्त्रीहरुलाई पनि सपथ गराउनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री झलनाथ खनालले साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै त्यतिबेलासम्म पनि शान्तिप्रक्रिया सकारात्मक मोडमा नपुगे राजीनामा दिने बताउनुभएको थियो ।प्रधानमन्त्रीको त्यही अल्टिमेटमलाई मध्यनगर राख्दै माओवादीले सेना समायोजन प्रक्रियालाई अघि बढाउन तत्परता देखाएको हो ।

बैठकमा उपाध्यक्ष मोहन बैद्यले संगठन विभागका तर्फबाट नेताहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । कार्यविभाजन प्रस्तावलाई पदाधिकारी बैठकले टुंगो लगाउने निर्णय भएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates