अप्जसी बुद्धिबहादुर र शिला दिदी - इन्द्रेनी शर्मा 'जलद'
कथा \ इन्द्रेनी शर्मा ´´जलद´´
हामी उसलाई बुद्दू बनेर पुकार्थ्यौं । ,एक नम्बरको मतलबी थियो उ ,सानो देखिनै उसले आफ्नो रूप प्रकट गरिसकेको थियो ,सारा मानिस उसंग हार मानी सकेका थिए घरकाको लागी त परपीड़क नै थियो ,नाम भने बुद्धिबहादुर रे कस्तो नाम राखेको होला ?
उसकी आमा सुत्केरी ब्यथाले ऊ सात बर्षको हुदा मरेकी थिइन ,डम्बर बहादुरले आखिर साली नै बिबाह गरेर ल्यायो ,भकाभक ६ जना छोरा छोरी जन्मिए। ,बुद्धिबहादुरले सानीमाको अनुहारमा आमा देख्थ्यो। तर क्रूर सौतेनी आमाको ब्यबहार पाउथ्यो ,मावली हजूर आमाले धेरै पटक बुद्धि बहादुरलाई आफ्नो घरमा ल्याइन ,नानी देखि लागेको बानी सताउनु सतायो। आखिर हजूर आमाले आफ्नी माइलीछोरीको एक संतानको लागी नासो सम्झियेकी थिइन।
रूपाले अंतिम बेलामा बनेको कुरा सम्झिन पुगिन , ´´ आमा म बाच्दीन होला निशालाई जसरी हुन्छ फकायेर हुन्छ बुद्धिलाई हुर्काउने छे उसले माइलो भिनाज्युको खूब तारीफ गर्धि ,मानी भने उहाको नयाजीवन पनि सूरु हुनेछ जन्मेपछि जानू पदों रहेछ ।´´
आमाले सम्झाइन धेरै कुरा ,उसलाई आफ्नो जीवनको अन्त्य हुदै गएको आभाष भएको थियो ,कराल -बिकराल डर लाग्दा सपनाले ऊ भय-भीत थिइ।
´आमाले सम्झाउदै भन्नु भएको थियो --´´रूपा हुन्छ म त्यसै गरुलां तर तिमीले यसरी पीर गर्नु हुन्न छोरी ,मैले पनि ८ \८ संतान जन्माएं किन यसरी हरेश खान्छ्यौ छोरी ? जुवाईले जे जसी पनि जहा हुन्छ त्यही लगेर उपचार गर्नु हुन्छ तिमी ढुक्क हौ।´´
रुपाको आँखा अगाडी बुद्धि बहादुर सानै थियो आफ्नो काखमा लड़ीबुडी गरेको म मरे भने दुनियाको देव हुने हो की दानव .उनको मन अचाक्ली भावुक हुन्थ्यो । राम्रो भए म मे पनि मेरो आत्माले शान्ति पाउथ्यो यदि खराब भयो भने ,आमा नभएका संतानका बाबाहरूले गरेको ब्यबहार सम्झिन पुगिन।
त्यसको एक्महिना पछि जिल्ला अस्पतालमा सुत्केरी भएको केही घंटामा अत्याधिक रगत निस्के पछि आफ्नो छोरा बुद्धि लाइ र सिद्धिलाई छोडेर सदाको लागी कहिल्यै नफर्कने गरी बाटो लागिन।
डम्बर बाहादुरको जीवनमा कहिल्यै निको नहुने बेदनाको चोट लाग्यो , मायालु पत्नीको मृत्युले माधव प्र .घिमिरेको ´´गौरी´´ शोक काब्यलाइ सम्झाएको थियो।
धार्मिक संस्कार अनुसार गर्नु पर्ने गरियो ,रुपाको अंतिम पटकको कसम सम्झिन्छ डम्बर बहादुर --बुद्धिको बाबा म जाने नै भए यी छोराको लागी भए पनि हजुरले बिबाह गर्ने पर्छ।
संसारलाई आखिर चलाउनु त छ छ हेर्नुस निशाले यो घर समाल्ने छे हाम्रा संतान पनि हुर्काउने छे हुन्छ भन्नुस न ल ।
हुन्छ सानु हुन्छ आज कस्तो छ नि तिमीलाई ? तिमी बिनाको जीवन म कल्पना गर्न पनि सक्दिन सानु ? त्यों बिगतको संघर्ष आफंतिका अचाक्ली ,सास्ती ,तिम्रो बोली ब्यबहारले मानिस नतमस्तक हुन्थे मेरो जीवनको अथाह सम्पति तिमी नै थियौ रूपा .म कसरी जीवन काटुलां भन्थें तिमी बिना आज तिमीलाई यो हालत हुदा मन समाल्न सकेको छैन।
´´ पिर नगर्नुस हजूर, जीवन हो सर्पको काँचुली जस्तै आखिर छोड़नै पर्दों रहेछ मेरो एक गुनासो मेरो नासो कसैको पासो नबनोस है ।´´
डम्बर बहादुर आज ती दिन सम्झिन पुग्छ रुपाको जीवनको त्यों अंतिम बखतका बाचा भुलेको महसूस गर्छ बुद्धि बहादुर कहिल्यै समझदार हुन्सकेंन मेरी रूपा मलाई माफ़ गर कस्तो संतान दिएर गयौ ?
ए चोर तैले यो के गरेको ?किन सताउछ्स हरे शिव
काका म यो गल्ती मैले गरको हैन, अरुले गरेको पनि ,
भानु कार्कीले हिजो सडकमा लाछार पछार गर्दै बुद्धि बहादुरलाइ रक्ताम्य बनाएर फेरी अस्पिताल पुरायेछ गाऊंमाँ अरु पनि बदमास थिए किसान ,,सीवे र रामे तर जो सुकैले गल्ती गरे पनि बुद्धि बहादुरको नाम पुकारिन्थ्यो। हिजो पनि यस्तैघटना भएको थियो ,अस्पतालमा एकंकान दुई कान हुदाहुदै हिजो यो कुरा डम्बर बहादुरले सुने सोचेका थिए साथीकोमा गएको होला तर कुरा अर्कै थियो । जब कुरा सुने हिजो भएको घटनाले जीवनमा कहिल्यै नभुल्ने चोट पुरायो .उनी पनि के कम भानु कार्कीको छोराले आफ्नो बारीमा हिजै आपको बिरुवा उखेल्दै गरेको र उसकी आमा लाइ बोलाएर सम्झायेका थिए। तर हात हालेका थिएनन नाबालकलाइ हात हाल्नु उचित ठानेनन आफ्नै छोराको रुपमा हेरे।
आज बुद्धिको जीवनमा नयाँ सोचाइ आएको छ हिजो घटनाले आफुलाइ बदन्न शिला नर्सले धेरै बुझाइन सम्झाइन । उसका आँखाबाट बलिन्द्र धारा आँशु गहभरि भए शिलाले पनि मन थाम्न सकिनन र भनिन ´´बुद्धि तिमी मेरो भाई बनाउछु ल ,मेरो भाई पनि तिमी जस्तै थियो। अचानक ऊ हरायो आज म एक्लै छु मेरा बाबा हुनुहुन्न नत मेरी आमा हुनुह्न्छ , नै हेर बुद्धि म तिमीलाई ठूलो ज्ञानी बनाउछु। तिमी मैले भने जस्तै गर्नु है अर्को तिहारमा म तिमीलाई टिका लगाइदिन्छु हुन्छ । ´ ´
अनायास उनको मुखबाट यो बोली आयो ,
उसको जीवनमा यो जती ख़ुशी कहिल्यै भएको थिएन
डम्बरले नर्ससंग बुद्धिलाई देख्छ , उसको अनुहारमा चोट ब्यान्देज बाधेको छ । नजिक एक पत्रकार र प्रहरीले मुचुल्का तैयार गर्दै छन भानु कार्की अनुहार बिगारेर भोक भोकै छ यथार्थ कुरा शिलाले भनीसकेकी थिइन डम्बरको आगमनले भानु कार्की को नूर झर्छ के गर्यो बुद्धिले तिम्रो बरु तिम्रो छोराले मेरो लाखौंको खेती नष्ट पुरायो नपत्याए शोध सीता भाउज्युलाइ अलिकती पनि तिमीलाई यो टुहुरो बालकमा दया माया पलाएंन ?पापी ,अपराधी ,तिमी जस्तालाई त संतान पनि नहुनु पर्थ्यो धिक्कार छ तिम्रो जीवनलाइ।
डम्बरको आखामा असीम रिस थियो कार्कीले दिएको बुद्धिको पीड़ा र यातनाको हद देखेर शिलाले डम्बर आफ्नो सारा काहानी सुनाई डम्बरले आफ्नो छोरा बुद्धिलाई सुम्पी शिलाको कुरालाई मानेर आफ्नी छोरीकै रूपमा अंगाले।
रुपाको जीवनको अंतिम सम्झना आफंतिको लागी यातना बनेर निस्की सकेको बुद्धि बहादुर एक समाजको होनहार बन्यो जून युवक डाक्टर बनेर आफ्नो देश फर्किन्छ। उसको सारा खर्च शिला दिदीले गरेकी थिइन । शिलाले जीवनको अमूल्य प्राप्ति थियो यो समाजमा शिला जस्ता नारीको खाचो छ नेताहरुको हैन।
शिलाले डम्बर बहादुर काठमांडूमै बोलाइन।
शिलासंगै आफ्नो जन्मेको गाऊंमा फर्क्यो सबभन्दा पहिले ऊ भानुकार्कीलाइ भेट्यो ´´नमस्ते कार्की काका, चिन्नु भएन।
को हौ बाबू तिमी भनन
म त्यही तपाईको पिटाई खाने बुद्धि बहादुर
ह s s तिमी मलाई माफ़ गर बाबू म अपराधी हूँ
हैन हैन मेरो जीवनको बाटो देखाउने हजूर नै हो काका यदि हजुरले यो उपहार नदिएको भए शिला दिदीले पाउनु हुने थिएन र मैले नयाँ जीवन पनि हजूर महान हुनुहुन्छ।
एक पटक त ऊ हच्क्यो पनि तर जीवनको छलाँगयही घटनाले भएको थियो । किनकी यो भेट्नुको अर्थ त्यों चोट शिला जसले तनको मनको जीवनको उपचार गरी दिइन गाउँमा भब्य सम्मान गरियो शिला दिदीलाई ।
डाक्टर बुद्धिबहादुरलाइ आज समाजमा कोही बालक देख्यो की हात पात गर्न डराउछ्न , भन्छन बालक नै देवदूत हुन । तर समाजको निस्ठुरी आँखाले र ब्याबहारले बालकलाइ फेरी किन सड़कमा पुराउछ?के बुद्धिबहादुरको कथा यस्तै थियो।
प्रगतिनगर ,नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन ,संतोष
पोर्तुगल




