भारतीय नयाँ राजदुत जयन्तप्रसाद नेपाल आउदै

काठमाडौं, भदौ ८ । नेपालका लागि नवनियुक्त राजदुत जयन्तप्रसाद आज आफ्नो कार्यभार सम्हाल्न नेपाल आउदै हुनुहुन्छ । जयन्तप्रसादले आजै राष्ट्रपति डा. रामबरण यादवलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । यसअघि अफगानिस्तानमा भारतीय राजदुतको काम गरिसकेका प्रसाद भारतको परराष्ट्र मन्त्रालयको कुटनीतिक मामिला शाखामा कार्यरत हुनुहुन्थ्यो ।
यसअघिका राजदुत राकेश सुद कार्यकाल पुरा गरी नयाँ दिल्ली फर्किसक्नुभएको छ । उहाँलाई फ्रान्सको राजदुतमा नियुक्त गरिसकिएको छ ।




