NRN नेदरल्याण्डसको क्याम्पिंग, बनभोज तथा कार्यभार हस्तान्तरण कार्यक्रम
Tuesday, 23 August 2011 Posted by कृष्णपक्ष थापा

चन्द्र के.सी. नेदरल्याण्डस - NRN नेदरल्याण्डसको संयुक्त (भुतपूर्व तथा नवनिर्वाचित समितिहरु बाट) रुपमा आयोजना गरिएको ३ दिने क्याम्पिंग, बनभोज तथा कार्यभार हस्तान्तरण कार्यक्रम सौहार्द पूर्ण बाताबरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा NRN नेदरल्याण्डसका संस्थापक अध्यक्ष साथै संरक्षक, समाजसेवी तथा नेपाल विकास प्रतिष्ठानका अध्यक्ष श्री शशी पौड्याल, जनसम्पर्क समिति नेदरल्याण्डसका अध्यक्ष श्री ठाकुर प्रसाद शर्मा (मनहरी), NRN नेदरल्याण्डसका वर्तमान तथा नि-वर्तमान अध्यक्ष ज्यु हरु क्रमश श्री नारायण प्रसाद आचार्य, श्रीहरि पौडेल, नेपाल म्युजिक फाउन्डेसन कि अध्यक्ष तथा NRN नेदरल्याण्डस कि वर्तमान अन्तराष्ट्रिय समन्वय परिषद सदस्य श्री शारदा बराइली, तरुण दल नेदरल्याण्डसका अध्यक्ष श्री बिष्णु बास्तोला तथा NRN नेदरल्याण्डसका वर्तमान तथा नि-वर्तमान कमिटिका सम्पूर्ण सदस्य ज्यु लगायत नेदरल्याण्डस स्थित रहनुभएका अधिकांस नेपालीहरुको उपस्थिति रहेको थियो।



क्याम्पिंगको पहिलो दिन परिचय तथा चियापान कार्यक्रम गरिएको थियो भने दोस्रो दिन बनभोज तथा बार्बिक्यु कार्यक्रम गरिएको थियो साथै तेस्रो तथा अन्तिम दिन कार्यभार हस्तान्तरण कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा बोल्दै NRN नेदरल्याण्डसका संस्थापक अध्यक्ष साथै संरक्षक, समाजसेवी तथा नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष श्री शशी पौडेल ज्यु ले नव-निर्वाचित कार्यसमितिले जुन लक्ष्य, उदेश्य तथा विश्वास लिई अगाडी बढ्नु भएको छ, त्यो कुरालाई पूर्ण रुपमा सफल बनाउनु भई आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पूर्ण रुपमा लाग्न आग्रह गर्दै, नव-निर्वाचित कमिटीलाई शुभकामना तथा सफलताको कामना गर्नु भएको थियो।



नि-वर्तमान अध्यक्ष हरि पौडेल ज्यु ले "बिरोधका लागि बिरोध" गर्ने प्रवृतिलाई निर्मुल पारि नेदरल्याण्डसमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई एक हुन आब्हान गर्दै नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्य ज्यु लाई कार्यभार हस्तान्तरण गर्नु भएको थियो। सो कार्यक्रम १९ अगस्त २०११ देखि, २१ अगस्त २०११ साँझ सम्म भएको थियो। सो कार्यक्रममा उपस्थित विश्लेषक ज्यु हरुका अनुसार एन.आर.एन. नेदरल्याण्डसको यो प्रथम कार्यक्रम अति सौहार्द तथा सफलता पुर्बक सम्पन्न भएको कुरा सम्पूर्ण नेदरल्याण्डस बासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै अन्तराष्ट्रिय जगतमा स-हर्ष जानकारी गराउन चाहन्छु।








कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates