पर्दा पछाडीका हिरोहरूको गुनासो
चलचित्रमा निर्देशन, कथा, स्कृप्ट, अभिनय, द्धन्द्ध, नृत्य, संगीत, छायाँकन देखिने भएकोले धेरैले थाहा पाउने र जान्ने भए पनि पर्दा पछाडी काम गर्नेहरु सधै आझेलमा पर्ने गरेको केही चलचित्रकर्मीहरुले गुनासो गरेका छन् । छायाँछबिको आयोजनामा सम्पन्न हुन गईरहेको 'सिजी डिजिटल फिल्म अवार्ड २०६८' को मनोनयनमा परेका पर्दा पछाडीका अधिंकाश हिरोहरुले यस्तो गुनासो गरेका हुन् । चलचित्रमा आफुहरु प्रत्यक्ष पर्दामा नदेखिए पनि पर्दा पछाडीको अत्यन्तै महत्वपूर्ण कामहरु गर्ने गरेको उनीहरूको भनाई थियो । एक श्रृङगारकर्ताका अनुसार यस्तो महत्वपूर्ण काम गर्दा पनि आफूहरूलाई सधैं ओझेलमा पार्ने गरिन्छ ।
महत्वपूर्ण काम मध्येको एक श्रृङगार भए पनि त्यसलाई सञ्चार माध्यमहरुले खासै महत्व नदिएको श्रृङगारकर्ताहरुको गुनासो छ । कलाकारहरुलाई श्रृङगारेर उत्कृष्ठ भन्दा उत्कृष्ठ नतिजा प्रदान गर्नका लागी आफुहरुको भुमिका महत्वपूर्ण रहने भए पनि त्यसलाई चलचित्र युनिट भन्दा बाहिर ल्याउन नसकिएको उनीहरूको गुनासो छ ।




