लुकाएर लैजान लागेको बारुद पटका बरामद
Thursday, 8 September 2011 Posted by कृष्णपक्ष थापा

तरकारी भन्दै यात्रुवाहक बसमा लुकाएर काठमाडौँ लैजान लागेको अवस्थामा प्रहरीले ठूलो परिणाममा प्रतिबन्धित बारुदजन्य पटका बरामद गरेको छ। जनकपुरबाट काठमाडौँ जादै गरेको ना ३ ख ५२५८ नम्बरको साकम्वरी ट्राभल्सबाट पटक बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

चन्द्रनिगाहपुरस्थित चादि पुल नजिकै राति आकस्मिक राजमार्ग जाँचको क्रममा पटका बरामद गरेको जाँचमा संलग्न प्रहरी सहायक निरीक्षक यज्ञ चौलागाईले बताउनुभयो। तरकारी भन्दै प्रहरीलाई ढाट्न खोजेपछि बोरा खोलेर हेर्दा पटकालगायतका बारुदजन्य सामान फेलापरेको प्रहरी निरीक्षक गौतम मिश्रले बताउनुभयो। प्रहरीले फुलझरी ११ सय २५ थान, भुइचम्पा २६० थान, रकेट ४५ बण्डल, पटका २२ बट्टा, विधुतीय रकेट ४५ थान बरामद गरेको छ। बरामद गरिएको बारुदजन्य सामग्री रु एकलाखभन्दा बढी मूल्य पर्ने व्यापारीहरुले बताएका छन्। पटका सँगै प्रहरीले बसका सहचालक २१ वर्षीय हिमाल अधिकारीलाई पक्राउ गरेको छ।

जनकपुरमा सामान लोड गर्ने बेलामा तरकारी भन्दै लोड गर्न लगाएको पक्राउ परेका सहचालक अधिकारीले प्रहरीलाई बयान दिएका छन्। रौतहटको गौर, सर्लाहीको मलङ्गवा, महोत्तरीको जलेश्वर र जनकपुरबाट काठमाडौँ, पोखरा चल्ने रात्रिबसहरुमा पटका लैजाने गरेको भन्दै केही दिनदेखि राजमार्गमा आकस्मिक जाँच गर्दै आएको प्रहरीले बताएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates