अन्तराष्ट्रिय कलाकार मन्चको फ्लोरिडा शाखा गठन
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

अमेरिकाको फ्लोरिडामा अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन भएको छ। संसारका बिभिन्न देश र अमेरिकाका बिभिन्न शहरमा गरी हाल सम्म १० वटा शाखा गठन भैसकेको अन्तराष्ट्रिय कलाकार मन्चको फ्लोरिडा शाखामा कलाकारहरु, फ्लोरिडाका गीत संगीत कला साहित्य लाई माया गर्ने देखी समाजसेबी प्रबुद्ध सम्म क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, डा धर्म आचार्य, बिमल नेपाल, कृष्ण श्रेष्ठ र चुडामणी खनाल सल्लाहकार रहनुभएको छ भने अध्यक्ष्य मा धन मान थापा, उपाध्यक्ष्य मा देब राइ, राजेन्द्र सिंह राउत, बिकास देबकोटा, सचिबमा मोनिका प्रधान, कोसाध्यक्ष्य मा नगेन्द्र ढकाल हुनुहुन्छ।

मन्चका केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालको उपस्थितीमा ओर्ल्यान्डोमा सम्पन्न भेलाले शाखाको नेत्रित्व चयन गरेको थियो। कार्य समितिका सदस्यहरुमा शान्ता घिमिरे, अशोक खनाल, हरी पौडेल, गोपाल भट्ट, तकत रावल, प्रभात सिंह, साधना शर्मा, दीपेन्द्र अधीकारी, भुवन खनाल, अन्जना डङ्गोल, बिष्णु घिमिरे, सुभाश महर्जन छनिनुभएको छ। नब निर्बाचित कार्य समितिलाई केन्द्रका तर्फबाट बधाई र शुभकामना दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले मन्च र यसका शाखाहरु नेपाली कला, सन्स्क्रिती, गीत संगीत, साहित्यका लागि सधैं कृयासिल रहने बताउदै फ्लोरिडा शाखालाई अझ बिस्तार गरी सबै क्षेत्र बाट समेटी यसले नयाँ उचाइ हासिल गर्ने बताउनुभयो। कार्य समिती बिस्तार गर्ने अधिकार शाखा लाई रहेको बताउदै खनालले प्रभाबकारी ढंगले काम गर्ने विश्वाश ब्यक्त गर्नुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates