लस्एन्जेलसमा तिजको ब्रत शिवपार्बतीको पूजागर्दै समापन
Thursday, 1 September 2011 Posted by कृष्णपक्ष थापा

सुदिप पन्त -

अमेरिकाको क्यालिफोर्निया राज्यको लस्एन्जेलस शहरमा तिजमा ब्रत लिएका त्यहा स्थित नेपाली महिलाहरुले बुधवार बेलुका शिवपार्बतीको पूजागर्दै तिज पर्बको समापन गरेका छन् । स्थानिय राजेन्द्र सिवाकोटी संगिता सिवाकोटीको निवासमा सम्पन्न पूजामा पण्डित बिष्णु पौडेलको अगुवाइमा बिशेष पूजा अर्चना गरिएको थियो ।



बिहान देखी नै निलाहार बसेका ब्रतालु महिलाहरुले यो बिशेष पूजामा मुख्य गरी बिहा नभएकाले राम्रो दुलहा पाउँ भन्ने र बिहा गरिसकेका महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने गर्छन् । बिदेशमा बसेर चाड मनाउनु भनेको आफ्नो धर्म संस्कृतीलाई यहाँ पनि कायम राख्दै आफ्नो भावी सन्ततिहरुलाई यो संस्कार हस्तान्तरण गर्नु नै मुख्य उदेश्य रहेको सहभागि धेरै महिलाहरुको भनाइ रहेको थियो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates